पश्चिमाञ्चल र एपीएफको सहज जित

काठमाडौं, १ पुस । सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड र शसस्त्र प्रहरीको (एपीएफ) क्लबले बुधबार जित सहज जित हात पारेका छन् । लिगको सबैभन्दा बिलियो टोली एपीएफले बुटवलको एभरेस्ट स्कुललाई तथा न्यु डायमण्डले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । एपीएफले एभरेस्ट स्कुललाई २५–५,२५–८ र २­­५–११ ले हरायो ।

एपीएफलाई पछ्याइरहेको अर्को टोली न्यु डायमण्डले भने पश्चिमाञ्चललाई २५–१९,२५–१७ र २५–६ को सोझो सेटमा पराजित ग¥यो । दिनको पहिलो खेलमा पराजय बेहोरेको एभरेस्ट स्कुलले धादिङ कलाकर संघविरुद्धको दोस्रो खेलमा भने सहज जित हात पा¥यो ।

एभरेस्ट स्कुलले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धादिङ कलाकारलाई २५–१४,२५–१० र २५–१६ को सोझो सेटमा हरायो । विभागीय टोली नेपाल आर्मीले एन्जलहर्टलाई २५–५,२५–१६ र २५–१२ को सोझो सेटमा हरायो । अन्य खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई २५–२०,२५–१५ र २५–१९ र पश्चिमाञ्चलले विन्दावासिनी स्कुललाई २५–१,२५–४ र २५–३ को सोझो सेटमा हरायो ।

लिगमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब लिगको शीर्ष स्थानमा छ । १४ खेल खेलेको एपीएफको ४२ अकं छ । दोस्रो स्थानमा रहेको न्यू डायमण्डको खेलबाट ३३ अकं छ । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ६० हजार तथा उपविजेता टोलीले १ एक लाख ३० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया