खेल-खेलाडी

३२ टोली सहभागी हुने

सौर्य अनलाइन २०७२ पुष २ गते १३:०४ मा प्रकाशित

valley public basketball press meetकाठमाडौं, ३० मंसिर । भ्याली पब्लीक उच्च माविको आयोजना हुने दशौँ भ्याली पब्लीक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता बिहीबार देखि शुरु हुने भएको छ । गल्फुटार स्थीत भ्याली पब्लीकमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य कृष्ण अधिकारीले जानकारी दिए ।

पुस २ देखि १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको खेल हुनेछ । प्रतियोगितामा छात्र र छात्रादुबैतर्फ समान १६–१६ टिमगरी कुल ३२ टिमको सहभागिता रहनेछ । नवौँ दिनसम्म चल्ने प्रतियोगिताको कूल लागत ५ लाख पचास हजार रहेको विद्यालयका उप–प्राचार्य केशव राज अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीने प्रतियोगिता संयोजक पुर्ण न्यौपाने जानकारी दिए । भ्याली पब्लिक बास्केटबलको साबिक विजेता छात्रामा एचएचसीए र छात्र इनोभेटिभ स्कुल हुन् । विधागत उत्कृष्ट मस्ट भ्यालुएबल प्लेयर,सर्बाधिक स्कोरर र बेस्ट थ्री स्कोररलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय