बिच भलिबल टोली केरला प्रस्थान

beach volleyball indiaकाठमाडौं, १ पुस । भारतमा हुने एसियन सेन्ट्रल जोनल बिच भलिबल च्याम्पीयनसिपमा सहभागी हुने नेपाली महिला भलिबल टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव कुमार विष्टले बुधवार बिदाई गरका छन् । भारतको केरलामा डिसेम्बर १८ देखि २० सम्म हुने च्याम्पियनसिपमा सहभागि हुने ६ सदस्यीय टोलीमा एपीएफका सरस्वती चौधरी र नेबिका चौधरीको जोडि तथा बिनिता बुढाथोकी र रेश्मा भण्डारीको जोडिले प्रतिस्पर्धा गर्नेछ । उनिहरू हालै सुनसरीको इटहरीमा भएको राष्ट्रियबीच भलिबलबाट बिजेता तथा उपबिजेता जोडिको रूपमा छनोटमा परेका थिए । त्यसैगरि टोम प्रशिक्षकमा बलराम क्षेत्री र ब्यवस्थापकमा भलिबल संघका केन्द्रीय सदस्य लेखनाथ शर्मा पराजुली रहेका छन् ।

नेपालसगै भारत,श्रीलंका र काजगिस्तान गरि ५ टिमले प्रतिस्पर्धा गर्ने छन् । एसियाली सब जोनलबाट नेपाल र माल्दिभ्स क्रमशः बिजेता र उपबिजेताको रूपमा एसियन सेन्ट्रल जोनल बीच भलिबल च्याम्पियनसिपमा सहभागीताको अवसर प्राप्त गरेको हुन् । त्यस्तै एशियाली सेन्ट्रल जोनलमा भारत र श्रीलंका पनि क्रमश अर्को समूहको सब जोनलको विजेता र उपविजेताको रूपमा सेन्ट्रल जोनल विच भलिबलमा स्थान बनाएका थियो । काजगिस्तानले भने एसियन सेन्ट्रल जोनलको साबिक बिजेताको रूपमा स्वत च्याम्पीयनसिपमा सहभागीता जनाएको हो ।

एसियन सेन्ट्रल जोनलको विजेता र उपविजेताले एसियन बिच भलिबलमा प्रतिस्पर्धाको अवसर प्राप्त गर्नेछन् । बिदाईका अवसरमा राखेप सदस्यसचिव केशब कुमार विष्टले महिला भलिबलबाट राज्यले ठूलो आशा राखेको बताए । उनले भारतको नाकाबन्दीको जबाफ खेलमैदानमा भारतलाईनै चित पारेर देखाउने बताए । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले बिगतमा सेट्रल एशियन बिच भलिबलमा नेपालको राम्रो प्रर्दशन गरेको स्मरण गराउँदै भने, आवश्यक भौतिक पूर्वाधार भएको खण्डमा नेपाली खेलाडिले उत्कृष्ट नतिजा ल्याउने छन् ।

प्रतिक्रिया