एपीएफद्वारा घाइतेको उद्धार

बारा, १ पुस । बारा जिल्लाको धन्सार पोष्ट नजिक पूर्व–पश्चिम राजमार्गमा मंसिर २९ गते राति सवारी दुर्घटनामा परी घाइते भएका दुई जनालाई एपीएफ टोली र स्थानीय प्रहरीले उद्धार गरेको छ । बीरगंजबाट चपुरतर्फ जाँदै गरेको ना. ५ ख ८४७ नम्बरको यात्रुबाहक बस गति अनियन्त्रित भई सडकको दाहिने तर्फ पल्टिएर दुर्घटाना भएको थियो ।

दुर्घटनामा परी सो बसका चालक बारा जिल्लाको डुमरवाना वस्ने पुरुषोत्तम अधिकारी र सह चालक पर्सा जिल्लाको नगुवा १९ वस्ने बिकी चौरसिया घाइते भएका छन् । सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस निजगढबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले घाइतेहरुको उद्धार गरेको हो ।

घाइते भएका दुवै जनालाई उपचारार्थ निजगढस्थित सामुदायिक अस्पताल पठाइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारार्थ मकवानपुर जिल्लाको हेटौडा अस्पतालतर्फ पठाइएको छ । (सौस)

प्रतिक्रिया