‘सम्बन्ध’मा व्यस्त राजकुमार

sambandaकाठमाडौं । अहिले  गायक राजकुमार प्रधान सम्बन्ध नामक परियोजनामा व्यस्त छन् । साधना कला केन्द्रको सल्लाहकार समितिका अध्यक्ष प्रधानले पछिल्ला २ वर्षदेखी यस परियोजनामार्फत नयाँ प्रतिभाहरू उत्पादन गर्दै आएका छन् । सन् २०१३ को फेब्रुअरी २ मा साधना कला केन्द्रले यो परियोजना सञ्चालमा ल्याएको थियो । अनेक भाषा र संस्कृतिको देश नेपालमा सीमा विहिन, भाषा, संस्कृति र धर्मविहिन वातावरण तयार गर्न एकअर्काको भाषा र संस्कृति आदन प्रदान गर्ने उद्धेश्यले यो परियोजनामा सञ्चालनमा ल्याएका थियो । २६ जना विद्यार्थीहरूको सहभागितामा सुरु गरिएको यस परियोजनामा अहिले ३५ सयभन्दा बढी विद्यार्थी आबद्ध रहेको परियोजनाका प्रमुख राजकुमारले बताए । यस परियोजनामा गैरसरकारी संस्था एक्टस् नेपालले  समेत सहकार्य गरेको छ ।

साधना कला केन्द्रका कार्यकारी निर्देशक मिलन मोक्तान भन्छन्, नेपाल बहुसंस्कृति, बहुभाषा र थुपैै्र जातीको देश हो । तर पछिल्लो समय थुपै्र भाषा संस्कृति लोपोन्मुख अवस्थामा छन । त्यस्ता भाषा संस्कृतिको आदान प्रदान गर्दै संरक्षण र सम्बर्दन गर्न हामीले यो परियोजना अघि ल्याएका हौँ । मोक्तानका अनुसार यस कार्यक्रममा सहभागि भएका विद्यार्थीहरूले सिकेका क्षमतालाई आफ्नो जिल्लामा गएर समेत प्रयोग गर्ने गरेका छन् । परियोजनाका प्रमुख राजकुमार भन्छन्, विद्यार्थीहरूको सहभागिता उत्साहजनक छ । त्यसैले अहिले हामीले काठमाडौँ मात्रै नभएर यो परियोजनालाई देशका अन्य जिल्लामा पनि सञ्चालन गरेका छौँ  । सन् १९९१ मा स्थापित साधना कला केन्द्र नेपालमा संगीत सम्बन्धि प्रशिक्षण दिने पुरानो संस्थामध्ये एक हो । (सौस)

प्रतिक्रिया