दीप, पुरुषोत्तम र शिवको समान ७ जित र १ हार

south asian game selection table tenishकाठमाडौं । १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको तेस्रो दिन शुक्रबारको खेल समाप्तिसम्म नेपाल प्रहरीका दीप सावन, एपिएफ क्लबका पुरुषोत्तम वज्राचार्य र एपिएफकै शिवसुन्दर गोथेले समान ७ खेलमा जित र १ मा हारको सामना गरेका छन् ।

त्यस्तै एपिएफका अमरलाल मल्लले ६ मा जित र ३ मा हार, नेपाल आर्मीका कृष्ण थापा मगरले ३ मा जित र ५ मा हार, मोरङका अनुप जोशीले २ मा जित र ६ मा हार, एपिएफका चन्दन शाहीले ५ मा जित र ४ मा हार, प्रहरीका विनेश खनियाँले ६ मा जित र २ मा हार, आर्मीका स्यान्टु श्रेष्ठले ४ मा जित र ५ मा हार, रुपन्देहीका नारायण घिमिरेले ८ मा हार, प्रहरीका सुनील महर्जनले १ मा जित र ८ मा हार, मोरङका सन्तोष काफ्लेले १ मा जित र ७ मा हार तथा आर्मीका राजेन्द्र कपालीले ५ मा जित र ३ मा हारको सामना गरेका छन् ।

महिलातर्फ प्रहरीकी नविता श्रेष्ठले ८ मा जित, आर्मीकी रविना महर्जनले ७ मा जित र १ मा हार, प्रहरीकी एलिना महर्जनले ८ मा जित र १ मा हार, आर्मीकी स्वेच्छा नेम्वाङले ४ मा जित र ४ मा हार, एपिएफकी सेलिशा खड्गीले ५ मा जित र ३ मा हार, आर्मीकी दीक्षा तामाङले ४ मा जित र ४ मा हार, एपिएफकी सोनु थापा मगरले ४ मा जित र ५ मा हार, एपिएफकी सनिशा श्रेष्ठले २ मा जित र ६ हार, एपिएफकी अनिमा अधिकारीले ४ मा जित र ५ मा हार, प्रहरीकी एरिका महर्जनले ४ मा जित र ४ मा हार, सुनसरीकी अपेक्षा शाक्यले ३ मा जित र ६ मा हार, रुपन्देहीकी स्वीकृति श्रेष्ठले १ मा जित र ७ मा हार तथा भक्तपुरकी सुजाता दुवालले ८ खेलमा हार बेहोरेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । (सौस)

प्रतिक्रिया