प्रमिला बनिन् तेस्रो लिरिल फ्रेस फेस

pramilaकाठमाडौं, मंसिर २४ । प्रमिला थापा तेस्रो फ्रेस फेस लिरिल बनेकी छिन् । कयौँ हप्तादेखिको कडा परिश्रम, कडा चुनौति पन्छाउँदै प्रमिला लिरिल साबुनको फ्रेस फेस बन्न सफल भएकी हुन् । चञ्चलता, हँसिलोपन, रिफ्रेसिङ र जीवन्त व्यक्तित्वको सही समायोजनले १९ वर्षीय प्रमिलालाई यस उपाधिको प्रमुख दावेदार बनाएको हो ।

प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्ड, लिरिलले ‘लिरिल फ्रेस फेस’को तेस्रो संस्करणको सुरुआत थुप्रैले सहभागिता जनाएका थिए । जसमध्ये १० जना यस रिफ्रेसिङ यात्राका लागि छानिएका हुन् । सबै चुनौतिको सफलतापूर्वक सामना गर्दै, सम्पूर्ण व्यक्तित्व र लिरिल पब विभिन्न चुनौतिमा गरिएको प्रफरमेन्सको आधारमा प्रमिला थापा विजेताको रूपमा छानिएकी हुन् ।

प्रमिला थापाले विजेताको रूपमा नेपालको विभिन्न मिडियाको माध्यमबाट अन्तर्राष्ट्रिय ब्रान्ड लिरिलको प्रतिनिधित्व गर्ने अभूतपूर्व मौकाका साथै २ जनाका लागि रिपे्रmसिङ बिच होलिडे प्याकेज र ५० हजार रूप ैयाँको नगद पुरस्कार जित्न सफल भइन् । उत्साहजनक पुल टास्क, सपिङ टास्क, भिजेयिङ र लिरिलद्वारा प्रेरित पानी र प्रकृतिको थिममा गरिएको आकर्षक फोटो सुटले लिरिल फ्रेस फेस–३ लाई साँच्चै नै रिफ्रेसिङ र रोचक बनाएको थियो । प्रशान्त ताम्राकार, नुजत कुवाजी र किशोर कायस्थ जस्ता विज्ञ निर्णायकहरूले प्रतियोगिता भरि नै सबै प्रतियोगीहरूलाई विभिन्न तवरले निखार्ने र मार्गदर्शन गर्नुका साथै विभिन्न टास्कहरूमा गरिएको उनीहरूको पफर्मेन्सको पनि मूल्यांकन गरेका थिए । एसएमएसद्वारा गरिएको पब्लिक भोटिङ पनि अन्तिम निर्णयको एकभाग थियो ।

लिरिल फ्रेस फेसको यो सिजन कयौं हप्तादेखि नै शहरमा चर्चाको विषय बन्न सफल भएको थियो, दर्शकहरूले देखाएको उत्साह र सहभागिताले पनि सहभागी सुन्दरीहरूको हौसला र जोस बढाउन सहयोग गरेको थियो । यसका साथै ‘लिरिल फ्रेस फेसको अर्को एउटा रोमान्चक सिजन सफलतापूर्वक सम्पन्नभएको छ । ३ वर्षअघि टेलिभिजनमा प्रसारित यो रियालिटी सो राष्ट्रिय टेलिभिजन कै सबैभन्दा चर्चा बटुलेको सो मध्ये एक बनेको छ । यस्तै अन्य ४ प्रतिस्पर्धीले पनि नगद १०,००० रूप ैयाँ जित्न सफल भए । यसका साथै तीनजनाले साप्ताहिक लक्कि भोटरहरूले र उत्तकृष्ट ५ प्रतियोगीले सामसुङ जे ५ प्राप्त गरे ।

प्रतिक्रिया