सलमानलाई सफाइ

328079-salman-khan-prem-ratanमुम्बई । भारतका सुपरस्टार नायक सलमान खानलाई मुम्बईको अदालतले सफाइ दिएको छ । उनीमाथि हत्याको आरोप थियो । १३ वर्षअघि उनले घरबारबिहीन बालकलाई गाडीले ठक्कर दिएर मारेको र भागेको आरोप लागेको थियो ।

अदालतलमा उनीविरुद्धमा रहेको मुद्दामा बिहीबार भएको फैसलामा उनलाई सफाइ दिइएको हो । सो मुद्दामा उनलाई सफाइ दिइएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ । उनले सो मुद्दाका विरुद्धमा अपिल गरेका थिए । उनको दाबीबमोजिम नै अदालतले पनि सो मुद्दामा कुनै प्रमाण नरहेको भनी फैसला सुनाएको हो । मुम्बई उच्च अदालतका न्यायाधीश अनिल रामचन्द्र जोशीले बिहीबार उनीविरुद्धको यसअघिको आरोपमा सत्यता नरहेको फैसला सुनाएको बताइएको छ ।

गत मे महिनामा भएको सुनुवाइका क्रममा यसअघिको अदालतले खानलाई ५ वर्षको जेल सजाय सुनाएको थियो । त्यस फैसलाका विरुद्धमा उनले मुम्बई उच्च अदालतलमा अपिल गरेका थिए । बिहीबार उक्त अदालतले उनको अपिलको पक्षमा फैसला गरेको हो ।
सन् २००२ मा उनी रातीको समयमा घर फर्कने बेलामा रक्सीले मातेका र आपैmँले चलाएको गाडीले लागेर सडकपेटीमा बसेका घरबारबिहीन बालकको ज्यान गएको बताइएको थियो । (एजेन्सी)

प्रतिक्रिया