समूह चरणबाटै बाहिरियो म्यान्यु

ronaldoएजेन्सी । च्याम्पियन लिग फुटबलअन्र्तगत मगंलबार राति रियल मड्रिड, म्यानचेस्ट सिटि, सेन्ट पेरिस जर्मेन र जर्मनको उल्फवर्गले जित हात पा¥यो । तर इंलिसको स्टार क्लब मेनचेस्टर युनाइटेड भने च्याम्पियन लिगको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले माल्मो एफएफलाई ८–० ले हरायो । रियल मड्रिडको जितमा क्रिस्टियानो रोनाल्डोले चार, करिम बेन्जिमाले तीन तथा कोभेचिकले एक गोल गरे । १२ औँ मिनेटमा बेन्जिमाले रियललाई सुरुवाती अग्रता दिलाए । उनले नै २४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ३९ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत पहिलो गोल गरेपछि रियलको अग्रता ३–० मा पुग्यो ।

रोनाल्डोले ४७, ५० र ५८ औँ मिनेटमा गरी थप तीन गोल गरेपछि रियलको अग्रता ६–० मा पुग्यो । ७० औँ मिनेटमा कोभेचिकले एक गोल थपे । ७४ औँ मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गरेपछि रियल ८–० ले विजयी भयो । रियलले च्याम्पियन्स लिगको समूह चरणमा धेरै गोलअन्तरको जितको कीर्तिमानमा बराबरी पनि गरेको छ । सन् २००७ मा लिभरपुलले बेसिकटसलाई पनि ८–० ले हराएको थियो । यसअघि नै अन्तिम १६ मा प्रवेश गरेको रियल समूहको शीर्ष स्थानमा रह्यो । रियलको १६ अंक छ । समूहको पुछारमा रहेको माल्मोको तीन अंक मात्रै छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा उल्फबर्गसँग ३–२ ले पराजित भएको म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको हो । उल्फबर्ग समूह ‘बी’को विजेताको रूपमा नकआउट चरणमा प्रवेश ग¥यो । उल्फबर्गलाई म्याचेस्टर युनाइटेडले हराएको भए म्यान युनाइटेड समूह विजेताको रूपमा तथा उल्फबर्ग उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गर्ने थिए । तर, अब ८ अंकसहित समूहको तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले युरोपा लिग खेल्नेछ । समूह विजेता बनेको उल्फबर्गको १२ तथा उपविजेता बनेको पिएसभीको १० अंक छ । चार अंक मात्रै जोडेको सिएसकेए मस्को पुछारमा छ ।

अर्कोतर्फ म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह ‘डी’को शीर्ष स्थनमा पुगेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा मंगलबार राति म्यानचेस्टर सिटीले बोरुसिया मानचेङग्लोबाचलाई ४–२ ले हरायो । १६ औँ मिनेटमा डेभिड सिल्भाले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाए । १९ औँ मिनेटमा मानचेङग्लोबाचका जुलियान कार्बले बराबरी गोल फर्काए । ४२ औँ मिनेटमा काइटानो डी अराउजुले गोल गरेपछि पहिलो हाफमा मानचेङग्लोबाच २–१ ले अघि रह्यो ।

रहिम स्टर्लिङले ७९ र ८१ औँ मिनेटमा गरी दुई गोल गरेपछि सिटीले ३–२ को अग्रता लियो । ८५ औँ मिनेटमा विलफ्रेड बोनीले गोल गर्दै सिटीलाई ४–२ को जित दिलाए । अन्तिम १६ मा स्थान बनाएको सिटी १२ अंक सहित समूहको शीर्ष स्थानमा रह्यो ।

प्रतिक्रिया