म्यूजिक भिडियोमा दीलिप

लसएन्जलस् । आफ्नो परिवारसहित अमेरिका पुगेका अभिनेता दीलिप रायमाझीले अमेरिकामा पनि अभिनयमा सक्रियता देखाएका छन् ।

अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा उनले अभिनय गरेका हुन् । भिडियो निर्देशन सुरेश दर्पण पोखरेलले गरेका छन् । भिडियोमा अभिनेता रायमाझीसँग मोडल निला शाहीले फिचरिङ गरेकी छिन् ।

‘क्यालिफोर्नियाका रोमाञ्चक दृश्यहरूलाई समेटेर बनेको यो पहिलो नेपाली म्यूजिक भिडियो हो’, निर्देशक पोखरेलले भने, ‘हलिउड फिल्महरूको छायांकन हुने गोल्डेन गेट बृजमा पनि भिडियो खिचिएको छ ।’

प्रतिक्रिया