नेपाल –भारत सम्बन्ध नयाँ चरणमा गर्न भारतीय नेताको सूझाव

काठमाडौं, २० मंसिर । भारतका पूर्व गृहमन्त्री पि चिदाम्बरमले नेपाल–भारत सम्वन्धका विषयमा नया अध्याय सुरु गर्न आग्रह गरेका छन् । उनले नेपाल–भारत सम्बन्ध इतिहासकै न्यून बिन्दुमा पुगेको उल्लेख गर्दै सम्वन्ध सुधारका लागि नया चरणको बहसको श्रृंखला प्रारम्भ गर्न आह्वान गरेका हुन् ।

उनले भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको सफत खाँदा उपस्थित भएका तीन वटा देश अहिले भारतसित टाढिएको तथा अन्य छिमेकीहरु पनि सतर्क हुन थालेको उल्लेख गरेका छन् । ‘सबैभन्दा बलियो उदाहरण नेपालसितको सम्वन्ध हो,’ इन्डियन एक्सप्रेसमा उनले लेखेका छन्, ‘मोदीले नेपाल भ्रमण गर्दा सम्वन्ध उत्कर्षमा पुगेको थियो, अहिले रसातलमा पुगेको छ ।’
चिदाम्बरमले दुई देशको सम्वन्ध सुधारका लागि नयाँ बहस आरम्भ गर्न भारतीय कंग्रेस र कम्युनिस्ट पार्टीहरुलाई आह्वान गरेका छन् । उनले नेपालका परराष्ट्रमन्त्री कमल थापा बैंगलोरबाट दिल्लीमा आउँदा जहाजमा आफू सँगै परेको र थापासित अनौपचारिक कुराकानी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया