सञ्चार मन्त्रीलाई सञ्चारिकाको सुझाव

sancharikaकाठमाडौं, १५ मंसीर । नेपाली जनताले लामो प्रतिक्षा पछि प्राप्त गरेको संविधानको नकारात्मक प्रचार गर्ने र यसलाई अस्वीकार गर्ने प्रवृती देखा पर्दै गएको भन्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले चिन्ता व्यक्त गरेका छन् । उनले यस्ता गलत कार्यको बारेमा सञ्चार माध्यम र पत्रकारहरूले सचेत भएर सहि समाचार सम्प्रेषण गर्न आवस्यक रहेका बताएका छन् ।

मंगलबार सञ्चार मन्त्रालयमा सञ्चारिका समुहकोले दिएको सञ्चारमा महिलाको स्थान बारे लिखित सुझाव लिने क्रममा मन्त्री राईले उक्त कुरा बताएका हुन । समुहको अध्यक्ष निर्मला शर्माले मन्त्री राईलाई १३ बुँदे लिखित सुझाव बुझाएकी छन् । सुझावमा महिलाहरूले सञ्चालन गरेका सञ्चार माध्यमलाई सरकारले सहयोग गर्नु पर्ने, अहिले सम्म सञ्चार गृहहरू महिला मैत्री नभएकोले महिला पत्रकारहरूलाई काम गर्न कठिन भएकाले महिला मैत्री बनाउनु पर्ने, सरकारले गर्ने नियुक्तिहरूमा संविधानमा व्यवस्था भएपनि ३३ प्रतिशत महिला कार्यन्वयन नआएकाले सो कुरा लागु हुनु पर्ने जस्ता विषय समेटिएको छ । सुझाव पत्रमा आउने दिनमा सञ्चार मन्त्रालय अन्तरगतका संस्थानहरूमा राजनैतिक नियुक्ति गार्दा अनिवार्य ३३ प्रतिशत महिला समावेशी रूपमा गराउन अग्रह पनि गरिएको छ ।

सुझाव पत्र बुझ्दै मन्त्री राईले संविधान सबैका लागि साझा उपलव्धी भएको भन्दै सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाइ राखेका छन् । संविधानको बारेमा गलत प्रचार गर्नेहरूसँग सबै सचेत हुनपर्ने समेत मन्त्री राईले बताएका छन् । उनले जनतालाई संविधानमा भएको सकारात्मक कुराको जानकारी दिलाउन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नपर्ने बताएका छन् ।

प्रतिक्रिया