एसियन प्यासिफक करातेमा शान्तिलाई पदक

santi won medal on karate at indonesiaकाठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा भएको छैठौँ एसियन प्यासिफिक गोजु–काई कराते–डो च्याम्पियनसिपमा नेपालले कास्यपदक जितेको छ । नेपालकी शान्ति लामाले ५५ केजीमुनि कुमिते स्पर्धामा कास्यपदक प्राप्त गरेको नेपाल गोजु–काई कराते–डो संघका केन्द्रीय सदस्य एवं टिम प्रशिक्षक अच्युतराज उप्रेतीले जनाएका छन् ।

सेमिफाइनलमा इरानकी खेलाडीसँग पराजित भएपछि शान्ति कास्यमा सीमित भइन् । च्याम्पियनसिपमा २७ देशको सहभागिता रहेको नेपाल गोजु–काई कराते–डो संघका उपाध्यक्ष जनार्दन उप्रेतीले जानकारी दिए । संघका उपाध्यक्ष अशोककुमार पाण्डे व्यवस्थापक छन् । त्यस्तै संघका महासचिव तथा सहायक प्रमुख प्रशिक्षक इन्द्रबहादुर खड्गेले प्रतियोगिताको विभिन्न खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । (सौस)

प्रतिक्रिया