आइस हक्कीमा शाही निर्विरोध

ice hockey elected bodyकाठमाडौं, १४ मंसिर । नेपाल आइस हक्की संघको पहिलो साधारणसभाले लोकबहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा भूवन पाठक र श्रीविक्रम भण्डारी, महासचिवमा गणेश रिमाल, सचिवमा रामसुदन तिमिल्सना तथा कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् ।

त्यस्तै प्रज्ज्वल थापा, देवकृष्ण थापा, लेखनाथ शर्मा, विद्याप्रसाद मर्सानी, गणेशप्रसाद तिमिल्सना, विपिका अधिकारी, जीवनबल लामा, राजेन्द्रकुमार श्रेष्ठ, मुकेश शाही, अर्जुन लामा र दामोदर अर्याल सदस्यमा चयन भए ।

साधारणसभामा केन्द्र र विभिन्न १५ जिल्लाका गरी जम्मा ४९ प्रतिनिधि उपस्थित थिए । नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने आइस हक्की संघका सल्लाहकार रामकृष्ण पन्थीले प्रमाण पत्र प्रदान गरेका थिए ।

यसअघि साधारणसभाको राखेप सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गर्दै आइस हक्कीको पूर्वाधार निर्माणका लागि संघले आर्थिक सहयोग जुटाएको खण्डमा परिषद्ले जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा आइस हक्की संघले खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत सदस्य–सचिव विष्टलाई सम्मान गरेको थियो । अध्यक्ष शाहीले सदस्य–सचिव विष्टलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । ०७१ असार ३ गते आइस हक्की संघ राखेपमा १४२औँ संघको रूपमा दर्ता भएको थियो ।

साधारणसभा सम्पन्न भएपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले मदन केसीलाई उपाध्यक्ष, विजय खड्कालाई सह–सचिव, सुन्दर थापा क्षेत्रीलाई सह–कोषाध्यक्ष तथा दिलबहादुर लामा गुरुङ र रोजिना गुरुङलाई सदस्यमा मनोनयन गरेको छ ।

प्रतिक्रिया