पुरुष राष्ट्रिय रग्वी–१५ सोमबारदेखि

2nd inter school touch rugby 2011 copyकाठमाडौं, १२ मंसिर । नेपाल रग्वी संघको आयोजनामा आगामि मंसिर १४ देखि पुरुष रग्वी–१५ हुने भएको छ । रग्वी–१५ अन्तर्गत फुलकन्ट्याक्टमा खेल हुनेछन् । साथै दोस्रो अन्तरविद्यालय जुनियर महिला तथा पुरुष टच रग्वी प्रतियोगिता पनि सञ्चालन हुने संघले जनाएको छ ।

प्रतियोगितामा जुनियरतर्फ ६ र सिनियरमा ५ टिमको सहभागिता रहनेछ । सिनियरतर्पm विभागीय टोली नेपाल आर्मीका २, सिटी क्लब, काठमाडौं क्लब र धुलिखेल क्लबको सहभागिता रहने संघका महासचिव चेतनराज गिरीले जनाए । एकदिने प्रतियोगितामा जुनियरतर्फ यू–१२ भन्दा मुनि उमेर समूहकाले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि कुल ३ लाख लागत लाग्ने संघका अध्यक्ष टंकलाल घिसिङले बताए । प्रतियोगिताका विजेता टिमलाई ट्रफी र मेडलद्वारा पुरस्कृत गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फ भने यसअघि सेभन ए साइडको राष्ट्रिय प्रतियोगिता गरिएको थियो । जसअन्तर्गत ५ विकास क्षेत्रले सहभागिता जनाएका थिए । उक्त सेभन ए साइड रग्वी राष्ट्रिय प्रतियोगिताको उपाधि मध्यमाञ्चलले जितेको थियो ।

प्रतिक्रिया