थिबियालाई नियाल्दा

thibiyझरी है प-यो … भलबाढी आयो, आइयौ मन रुन्छ धुरूरू
सन्तानको माया आमाको मन, आइयौ उडी जाऊ भुरूरू
जन्माई हर्षले हुर्काई दुःखले, आइयौ पिलाए दश धारा
आइयौ आमालाई रूवाई आँशुमा डुबाई, आइयौ किन गयौ ए छोरा
ए थिबेउ….

किराती मौलिक लोकउक्तीलाई गीतको शब्दमा ढालेर सांगीतिक कोशेलीका रूपमा बजारमा आएको ‘थिबिया’ म्युजिक भिडियोको शीर्ष गीत हो । किराती लोक कथाको अंशको रूपमा आएको छ । जानुका राईको एकल स्वरमा रहेको थिबिया एल्बम आपैmँमा पूर्ण भने होइन यसलाई आंशिक पनि भन्न मिल्दैन । भावि पुस्ताका लागि रहनी राख्ने किराती परम्परालाई गीतका सर्जकहरूले टपक्क टिपेका छन्, शब्दमा । जुन भावि सन्ततीलाई छाडिने उपहार हो । किराती सन्तानमा आफ्ना पुर्खाहरूले सुनाउँदै आएको वियोगान्त कथा जसलाई टिपेर गीतकार तथा साहित्यकार खुक्सङ खम्बूले शब्दमा उनेका छन् । जसलाई मन छुने बनाए संगीतकार मनोज साङसोनले । यसलाई स्वर दिएर रंग भरेकी छन् गायिका जानुका राईले । अनि बनेको छ भिडियो थिबिया ।

मानव सभ्यतासँगै विकसित हुँदै आएको किराती राई जातिको सभ्यता र इतिहास जति पुरानो छ त्यति नै पुरानो छ मिथकीय परम्परा र त्यसमाथि रही आएको विश्वास पनि उतिकै कायम छ । किराती राई जातिकोे समग्र सभ्यता र संस्कृतिको प्रतिविम्बको रूपमा रहेका मिथकहरू पुस्तौँपुस्तादेखि सुन्दै र सुनाइँदै आएको भए पनि लेख्य रूपमा कम छन् । सुन्न र हेर्ने कुरामा निकै पछाडि रहेको यो समुदायका लागि थिबिया आउनु स्वागतयोग्य रहेको छ ।

ठाउँ, परिवेश र समुदाय अनुसार मिथकीय विविधता बोकेर पनि आधुनिकताको चेपारोमा अस्तित्व रक्षाको लागि सत्ता र संयन्त्रहरूसँग पौँँठेजोरी खेल्दै आएको यो समुदायमा रहेको वियोगान्त कथाले विम्बात्मक भावमा दर्दनाक लाग्ने कथा थिबियाले मौलिक लोकोक्ति बोकेको छ ।

यसमा रहेका अन्य चारवटा गीत समेत किरात मिथ्थकमा आधारित रहेका छन् । विशेष गरी पूर्वका किरात राईभित्रका चाम्लिङ समुदायमा चर्चित तोरेम्पाको कथा प्रचलित कथा हो जसलाई व्यावहारिक रूपमा अदृश्य वायुसँग तुलना गरिन्छ । यसमा कुनै नयाँ पाउना आएमा आशा गर्ने खान नदिए पहिल्यै जुठो हालिदिएर बिरामी बनाइदिने विश्वास रहेको कथाको सारलाई गीतकार टीका चाम्लिङले गीतको शब्दमा उतारेका हुन् । उनको गीतलाई संगीतकार शान्तिराम राईको खिपाइमा परेको छ संगीत गायिका जानुकाले भरेकी छन् ।

जुग जुगान्तर नमेटिने तोरेम्पाको कथा
कोही नयाँ पाहुनालाई बनिदिन्छ व्यथा
ओ……….. तोरेम्पौ
मेरो विन्ती सुन्नु अब व्यथा नसार्नू
कसैलाई तल–माथि भिरमा नझार्नू
सबैलाई खुसी राख्नु पीरमा नपार्नू

आदिम किराती पुरुष तोरेम्पा वासिम(जाँड)को लागि निक्कै लोभ गर्ने पात्र हुन् । सम्धीसम्धिनीले स्वागतका लागि दिएको वासिमले नपुगेर सम्धीसम्धिनी नभएको घ्याम्पोभित्र टाउको डुबाएर वासिम खाँदा अकालमै मृत्यु भएको पात्र जसलाई सँधै सम्झने बाटो बनाएको छ गीतमा । स्थानीय प्रचलनमा रहेको धामीझाँक्रीको प्रयोग गरेर यस गीतको निर्माण गरिएको हुँदा भिडियो निर्माण पक्षको सवल उपस्थिति यसमा देखिएको छ ।

यस्तै मिथकीय म्युजिक भिडियोमा रहेको अर्को गीत हो भाइ हेत्छाकुप्पा । मिथ्थकमा तयामा दिदी, खियामा बहिनी र हेच्छाकुप्पा भाइ हो । सानैमा टुहुरा भएका उनीहरूले रुँदारुँदै बेहोस भएको हेच्छाकुप्पा मरेको ठानेर भाइलाई छाडी गएको कथामा सुनिएको हो । तयामा लेक र खियामा वेंसी झरेपछि बौरिएका हेच्छाकुप्पाको जीवन झन कष्टकर हुनु र निपुर्ण सिकारी हुनुको कथालाई टेकेर यो गीतको पृष्ठभूमि तयार भएको छ । हेत्छाकुप्पाले सिकारको क्रममा मारिएको ढुकुरको गाँडमा भेटाएको कागुनीको दाना, कोदोको दानालाई उमारेर खेतीपातीको सुरुवात गरेको मिथ्थकलाई उठाएका छन् अर्का कवि तथा गीतकार भुपाल राईले यसमा संगीत भर्नेकाममा जितेन राईले न्याय गरेका छन् । गायिका जानुका राईकै स्वरमा यो गीतको म्युजिक भिडियो तयार भएको हो ।

चरी ढुकुर मारी ल्यायौ भाई हेच्छाकुप्पा
सँगै थियो धनु काण र सिकारीको दुःख

भोक हो कि ताबे ढुकुर मिठो तिम्रो मुखमा
चारो थैली छरेछौ नि घरको करेसामा
हेर्दा हेदै उम्रिएछ त्यहाँ नयाँ बाली
वनचरीको थैलीबाट स-यो माटो भरी

यही कथासँग जोडिएको अर्को गीत हो ‘तानमा धागो उनेर’ तयामा, खियामा, नाइमा सिकुरीमा जस्ता थुपै किराती मिथकका आदर्श नारी पात्रहरू मध्ये तायामा खियामाले कपडाको आविस्कार गरेको किंवदन्ति प्रचलनमा रहेको र खोटाङ जिल्लामा रहेको तायाचुङ जायजुमको कथालाई बारम्बार उठाइने गरेको मिथ्थक टिप्ने सीप देखाएका छन् गीतकार वीरेन्द्र राईले यसको संगीत गरेका छन् । सुरेश अधिकारीले भने स्वर उनै जानुकाको ।

तानमा धागो तुनेर वैंश खिपूँ कि
चर्खा राख्ने सिकुवा दलान लिपूँ कि
उसको मायामा हो उसकै मायामा
सिकुरीम्मा मै हुँ रे मै हुँ तोयामा
हो हो मै हुँ तोयामा 

प्रतिक्रिया