भूलभुलैया

अहिले देशभित्र नयाँ राजनीतिको लिखित व्यवस्थालाई लिएर विभिन्न कोणबाट विरोध भइरहेका छन् । यी विरोधका सूत्रधार पनि हामी नै हौँ, हामीले नै चुनेको राजनीति हो यो । अरूलाई दोष पन्छाउनुअघि आफूले आपैmँलाई हेर्ने खुबी भए, सब छर्लंग हुन्छ । भारतले अघोषित नाकाबन्दी गरेको छ यसका कारक तत्व पनि हामी नै हौँ । जानीजानी मधेस आन्दोलन उचाल्ने पनि हामी नै हौँ, भारतलाई घोषितरूपमै नाकाबन्दी लगाउन निम्ता दिने पनि त हामी नै थियौँ । भूकम्पमा त्रिपाल लुट्न जाने हामी होइनौँ र ? अहिले कालोबजारी गर्ने को ? हामी होइनौँ ? हामी अरूलाई दोष दिन्छौँ, माफियातन्त्र, भ्रष्टाचार, कालोबजारी, घुसखोरी मौलायो भन्छौँ ।

Mohan Prasad Sapkotaपुराणजस्तै छ नेपालको राजनीति । सञ्चारजगत प्रखरवक्ता भएको छ पुराणको । राजनीतिलाई स्वर्ग ठान्नेहरू आआफ्नो सेट मिलाएर स्वर्गीय आनन्द कसरी लिने भन्ने माथापच्चीमै सीमित छन् । आम जनतालाई इन्द्रासनमा मान्छे हुनु, देउता हुनु र कुकुर हुनुको तात्विक भिन्नता छैन ।

परकम्प अझै जाँदै छ, सचेत पार्दैछ तर के गर्नु सचेत हुन चेतना हुनुपर्दो रहेछ । चेतनहीन प्राणी सचेत हुन जरुरी हुने कुरा पनि त भएन ।

मेरो विचार सबैको विचार भन्न पाइन्न, चाहन्नँ पनि । ३३ सालदेखि उपत्यकाभित्र थुप्रिएको राजनीतिक फोहोरलाई एउटा गैरराजनीतिक नागरिक भएर नियालिरहेको छु । यही उपत्यका आफूलाई नेपालको राजनीतिक अभिभावक भनिरहेको हेरिरहेको छु । बनाइरहेको देखिरहेको छु । अहिले जेजति समस्या छन् त्यो कसैले चाहेर समाधान हुने सम्भव नै छैन । एउटा समस्या समाधान गरेको देखाएर भविष्यमा अर्को समस्या जन्माउने काम बाहेक यो अवधिमा केही भएको छैन । कसैले स्वार्थमा चटनी हालेर क्रमागत विकासलाई मैले गरेको भन्ला तर गहिरिएर सोच्न सके सबै भ्रम मात्र देखिनेछ ।

सञ्चार, उद्योग, व्यापार, शिक्षा, रोजगारी, विकास, स्वास्थ्य, प्रशासन, राजनीति जति क्षेत्र तपाईंलाई भन्न आउँछ ती सबै क्षेत्र तस्करको हातमा छ । संगठित तस्करको हातमा । इन्जेक्सन दिएर एक रातमा बेच्न मिल्ने काँक्रो फलेजस्तै यी आज साना हुन्छन् रातभरमा जन्मी, हुर्की भोलि बिहान हुँदा सम्हाल्न नसकिने भइसक्छन् । यिनैको चक्रव्यूहमा फस्दै हामी राम–राजनीति खोज्न खोज्दछौँ ।

यिनको जत्था दुर्घटनामा मान्छे मर्दा व्यवसायी र मृतकका परिवारसँग कमिसन लिनेदेखि लिएर भूकम्पमा चिउरा लुट्नसम्म छोड्दैन । बिरामीलाई जबरजस्ती औषधि किनाउनदेखि लिएर अनावश्यक शल्यचिकित्सा गराएर मार्नसम्म छोड्दैन । कृत्रिम सेयर बजार बनाउनेदेखि विदेशमा डलर ओसार्नसम्म छोड्दैन । स्वार्थमा नरबलि दिनेहरूबाट दयाको आश गरिरहेछौँ । धिक्कार छ हाम्रो समाजलाई ।

निउँ जनताको र विकासको लिन्छ तर यो वर्ग उसैलाई सोस्छ । सबै क्षेत्रको एउटै उद्देश्य छ त्यो हो कमाउ, बस् कमाउ । काठमाडौं यस्तै यस्तै टाउकाहरूको संग्रहालय बनिरहेको छ । मैले मेरो जीवनस्तर कसरी उकासेँ भनेर सोच्ने र आत्मादेखि नडराउने कमै छन् । साँच्चिकै भगवान् भए वा हामीमाथि दया लागि त्यस्ता नेता पठाए भने र छानबिन गरिने अवस्था आए उपत्यकाका ५० प्रतिशतभन्दा बढी घरमा सरकारी कार्यालय हुनेछन् । हामीलाई उपत्यकामा बसेर अब ठूला स्वरले नैतिकताको उपदेश दिने अधिकार छैन ।

आफूले गरेको सबै काम ऐनामा देखिने भए अनि टेलिभिजनमा अनायाश प्रसारण हुने भए एकै दिनमा आधा करोड मानिस उपत्यकामै आत्महत्या गर्ने अवस्था छ । हेर्दाहेर्दै यस्तो समाज बनाइरहेछौंँ हामी । हामीले कसैले केही ग¥यो वा गरेन टिप्पणी गर्ने नैतिक धरातल गुमाउँदै गइरहेका छौँ । नगरबधूको भीडमा सतिसावित्री खोज्ने मूर्ख बन्दै गएका छौंँ हामी । अरूलाई दोष दिनुभन्दा अघि आफू सुध्रनु पर्ने हो, जुन असम्भव बन्दै गइरहेछ । जसले जुनबेला जसलाई निचोर्न सक्छ निचोर्छ । अरू सब आदर्शका गफ हुन् ।

अहिले देशभित्र नयाँ राजनीतिको लिखित व्यवस्थालाई लिएर विभिन्न कोणबाट विरोध भइरहेका छन् । यी विरोधका सूत्राधार पनि हामी नै हौँ, हामीले नै चुनेको राजनीति हो यो । अरूलाई दोष पन्छाउनुअघि आफूले आपैmँलाई हेर्ने खुबी भए, सब छर्लंग हुन्छ । भारतले अघोषित नाकाबन्दी गरेको छ यसका कारक तत्व पनि हामी नै हौँ । जानीजानी मधेस आन्दोलन उचाल्ने पनि हामी नै हौँ, भारतलाई घोषितरूपमै नाकाबन्दी लगाउन निम्ता दिने पनि त हामी नै थियौँ । भूकम्पमा त्रिपाल लुट्न जाने हामी होइनौँ र ? अहिले कालोबजारी गर्ने को ? हामी होइनौँ ? हामी अरूलाई दोष दिन्छौँ, माफियातन्त्र, भ्रष्टाचार, कालोबजारी, घुसखोरी मौलायो भन्छौँ । हामी आपैmँ आपूmलाई पर्दा जानीजानी यसलाई प्रोत्साहन दिएर संरक्षण गरिरहेका नामर्दहरू होइनौँ र ?

कहिल्यै कुनै दिन देशका लागि, समाजका लागि, आफूमाथि भएको शोषणको विरोधमा स्वस्फूर्तरूपमा संगठित भएको इतिहास छ ? विरोध गरेको इतिहास छ ? आपैmँलाई शोषण गरिरहेका अमुक राजनीतिक दलको समर्थन र विरोधमा भोकभोकै दिनरात खटिने हामी पशुहरू तिनले हकार्नासाथ भेडाजस्तै जम्मा हुन्छौँ । जिन्दावाद र मूर्दावादका नारा लाउँछौँ । हामी यसरी आपैmँ पशु भइरहेको जबसम्म थाहा पाउँदैनौँ तबसम्म यो देश यसरी नै चलिरहन्छ । सुशील, प्रचण्ड, ओलीहरू सत्तामा आइरहन्छन् । वीरेन्द्रहरूको वंश नाश भइरहन्छ । छिचिमिराजस्ता भएर ज्ञानेन्द्रहरू बेलाबेलामा उडिरहन्छन् । बाबुहरू राम बनिरहन्छन् । आन्दोलन चलिरहन्छ ।

नाकाबन्दी बारम्बार भइरहन्छ । केआई सिंह, बिपी, गिरिजा, राजेन्द्र, उपेन्द्र, …आदि जन्मिरहने छन् । भूकम्प पनि गइरहन्छ । हामीमा विरोध गर्ने नैतिकता भने क्रमशः हराउँदै जानेछ । यो देशमा अझै लामो समय भेडाहरू नै जनता हुनेछन् र व्वाँसाहरू भेडालाई कन्याएको जस्तो गरेर मुटु तान्दै मार्दै शासन गरिरहनेछन् ।

प्रतिक्रिया