बुटवलमा सस्तो पर्छ मुटुको उपचार

mutu_hospital_butwalरुपन्देही, ११ मंसिर । बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले काठमाडौंमा भन्दा सस्तोमा उपचार सेवा दिइरहेको दाबी गरेको छ । आफूले उपलब्ध गराउने सेवा सुविधा र लाग्ने शुल्कको फेरिहस्त प्रस्तुत गर्दै अस्पतालले यस्तो दाबी गरेको हो ।

केही सञ्चार माध्यमहरूले काठमाडौंभन्दा महँगो छ । मुटु अस्पताल भन्दै प्रचार गरेको अस्पतालले बिहीबार साँझ प्रेस विज्ञप्ती जारी गरेर आफ्नो सेवा शुल्क कम भएको बताएको छ । अस्पतालका अध्यक्ष एजाज आलमद्वारा जारी गरिएको विज्ञप्तीमा बारम्बार कुन शुल्कमा महंगो भएको भन्ने पुष्टि गर्न चुनौती दिएको उल्लेख छ ।

यस अस्पतालबाट फुल बडी चेकअपमा गरीने परिक्षणहरु छुट्टा छुट्टै गर्दा प्याकेज ए को ८ हजार ९ सय रुपैयाँ र प्याकेज बि को १० हजार ९ सय रुपैयाँ हुन आउने बताइएको छ । तर, छुट गरेर प्याकेज ए को ७ हजार ५ सय रुपैयाँ र प्याकेज बि को ९ हजार २ सय रुपैयाँ कायम रहेको अस्पतालको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा सामान्य परिक्षण भन्दा फुल बडी परिक्षण गर्दा करिब १५ प्रतिशत कममा शुल्क निर्धारण गरेका उल्लेख छ ।

गौतम बुद्व अस्पताल यसक्षेत्रका उद्योगी, व्यापारी, समाजसेवीगरी करिब ५०० जनाले १ लाख रुपैयाँ देखि ५ लाख सम्म दान दिएर सञ्चालनमा आएको अस्पताल हो । अस्पतालले आफूलाई गैर नाफामुखी संस्थाको रूपमा लिएको भन्दै सहिद गंगालाल हृदय केन्द्रसँग तुलना गरिएकोमा अस्पतालले प्रतिस्पर्धा गर्न नसक्ने पनि उल्लेख छ ।

प्रतिक्रिया