कालोवजारीविरुद्ध प्रहरी अभियान

काठमाडौं, १० मंसिर । महानगरिय प्रहरीले कालोवजारी विरुद्ध अभियान सञ्चालन गरेपछि ठूलो परिमाणमा इन्धन वरामद गर्न थालेको छ । प्रहरीले बिहीवारमात्र एकै दिनमा कालोजारीको लागि ल्याइएको २६ हजार ५५ लिटर पेट्रोलियम पदार्थ बरामद गरेको छ । बरामद भएका पेट्रोलियम पदार्थ करिव दुई ट्यांकर बराबर रहेका छन् । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १५ हजार नौ सय ८० लिटर डिजेल, सात हजार पाँच सय लिटर पेट्रोल र दुई हजार पाँच सय ७३ लिटर मट्टितेल बरामद गरेको हो ।

यस्तै ३७ सिलिण्डर ग्यास पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार अवैध रुपमा कालोजारी गर्ने गरी पेट्रोलियम पदार्थ ओसारपसार गर्ने १४ सवारीलाईसमेत नियन्त्रण लिएको छ । बाहिरबाट विभिन्न नाका हुँदै राजधानीमा पेट्रोल, डिजेल, मटितेल र ग्यास ल्याएर कालोबजारी गर्ने सवारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ । प्रहरीले बस, ट्रक, बुलेरो लगायतका सवारीबाट मात्र एकै दिनमा १५ हजार तीन सय ९५ लिटर डिजेल, पाँच हजार पाँच सय ६३ लिटर पेट्रोल र दुई हजार चार सय ८४ लिटर मट्टितेल बरामद गरेको छ ।
प्रहरीले काँकडभिट्टाबाट काठमाडौं चल्ने ना ५ क ११२७ नम्बरको बसबाट १८ सय लिटर डिजेल, एक हजार लिटर पेट्रोल र १० सिलिन्डर ग्यास बरामद गरेको छ । यसैगरी ना ३ ख ७३५४ नम्बरको गाडीबाट तीन हजार लिटर डिजेल र ४० लिटर पेट्रोल बरामद गरेको छ । बा ३ ख ६८३५ नम्बरको गाडीबाट दुई हजार लिटर डिजेल र ना २ च ८७३९ नम्करको गाडीबाट एक हजार दुई सय लिटर डिजेल बरामद भएको छ । ना ३ च २७४८ नम्बरको गाडीबाट दुई हजार ५० लिटर डिजेल, एक सय आठ लिटर पेट्रोल र एक सिलिण्डर ग्यास बरामद भएको छ ।

यसैगरी बा २ क ११७८ नम्बरको गाडीमा दुई हजार ६ सय लिटर डिजेल र दुई सय लिटर पेट्रोल तथा बा १२ च ६८७६ नम्बरको गाडीमा दुई सय ७० लिटर डिजेल र सात सय ८० लिटर पेट्रोल भेटिएको छ ।

ना ३ च १०८९ नम्बरको गाडीले ल्याएको एक हजार लिटर पेट्रोल, एक हजार पाँच सय लिटर डिजेल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै पाँच सय ५४ लिटर पेट्रोल र तीन सय १० लिटर मट्टितेल ल्याउँदै गर्दा वा १३ च ७७११ नमबरको गाडी पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बा १३ च २२१५ नमबरको गाडीबाट पाँच सय ९० लिटर डिजेल र एक हजार एक सय लिटर पेट्रोल, पाँच सय ९० लिटर मटितेल र एक सिलिण्डर ग्यास पनि बरामद भएको छ । बा १ ज ५६९१ नम्करको गाडीबाट आठ सय लिटर डिजेल र ५० लिटर पेट्रोल, लु १ च ४६४६ नम्करको गाडीबाट एक हजार हजार १० लिटर डिजेल र एक सय २५ लिटर पेट्रोल, बा ११ च ८४१७ नम्करको गाडीमा ३५ लिटर डिजेल, १९ सय लिटर पेट्रोल र ८४ लिटर मट्टितेल प्रहरीले भेट्टाएको छ ।

बा १ ज ९८६८ नम्बरको गाडीबाट दुई सय ४० लिटर डिजेल र दुई सय ६० लिटर पेट्रोल बरामद भएको छ । यस्तै इन्धनको कालोबजारी गर्दागर्दै विभिन्न व्यक्ति पनि पक्राउ परेका छन् । बढी मूल्यमा बिक्री गर्न लागिएको २५ सिलिण्डर ग्यास सहित सिन्धुलीका लोकबहादुर कार्की पक्राउ परेका छन् । एक सय ३५ लिटर पेट्रोलसहित मोरङका प्रेम दाहाल र अनिल राजवंशी, दुई सय ५० लिटर पेट्रोल र ९० लिटर मट्टितेलसहित पर्सा पल्पा चौधरी र रेखा लोप्चान पक्राउ परेका छन् ।

प्रतिक्रिया