दोस्रो दिन रमेश र दिपकको अग्रता

golf Deepak Thapa Magarकाठमाडौं ९ मसिंर । सूर्य नेपाल गल्फ टुरको दास्रो दिनको खेलमा रमेश अधिकारीले र दिपक थापा मगरले बुधबार संयुक्त रूपमा अग्रता हात पारे । रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल गल्फ टुर २०१५–०१६ अन्तर्गतको मगर र नगरकोटीले समान पहिलो स्थान ओगटेका हुन् । पार ६७ को रोयल नेपालका रमेश र दिपकले कूल ३६ होलको खेलमा दुई अन्डर १३२ स्कोर कार्ड बनाउँदै सयुक्त रूपमा अग्रता लिए ।

दोस्रो दिनको खेलमा रमेशले एक अन्डर ६६ स्कोर कार्ड बनाएका थिए । दिपकले भने दुई अन्डर ६५ स्कोर गरे । रमेशले फ्रन्ट नाइनमा एक अन्डर ३२ तथा क्याक नाइनमा इभन पार ३४ को कार्ड बनाए । उनले चौथो तथा सातौँ होलमा बर्डीज गर्दा नवौँ होलमा बोगी खेपे । ब्याक नाइनको १०औँ,१२ र १४औँ होल रमेशले बर्डीज प्रहार गरे । तर १३ होलको सट खेर फालेका उनले १५औँ होलमा डबल बोगी खेप्दै खराब प्रदर्शन गरे ।

भेट्रान प्रो दिपक राईले फ्रन्ट नाइनमा तीन अन्डर तथा ब्याक नाइनमा एक ओभर ३५ को स्कोर कार्ड बनाए । बोगीद्वारा दिनको शुरुआत गरेका दिपकले चौथो होलमा इगल प्रहार गरे । उनले पाँचौ र सातौ होलमा बर्डीज प्रहार गरे । ब्याक नाइनमा दिपकले ११औँ र १३औँ होलमा बर्डीज प्रहर गर्दा १४,१७ र १८औँ होलमा बोगी खेप्न बाध्य भए ।

भुवन नगरकोटीले दोस्रो दिन दुई अन्डर ६५ स्कोरका साथ कूल एक अन्डर १३३ स्कोर बनाउँदै रमेश नगरकोटी(६८) सँग सयुक्त रूपमा तेस्रो स्थानमा रहे । भुवनले फ्रन्ट नाइनमा दुई अन्डर ३१ स्कोर गर्दा तेस्रो र चौथो होलमा बर्डिज प्रहार गरेका थिए । ब्याक नाइनमा भने उनले इभन पार ३४ को स्कोर कार्ड बनाएका थिए । दोस्रो दिन एक ओभर ६८ स्कोर गरेका एलम्बर शिंह अधिकारीले कूल इभन पार १३४ स्कोर कार्ड बटुल्दै पाचौँ स्थानमा रहे । त्यस्तै सबिन सापकोटा (७०) र डिफेन्डीङ च्याम्पियन रबि खड्का (६६) गर्दै कूल १३५ का साथ छठौँ स्थानमा रहे ।

त्यस्तै नेपाल नम्बर एक प्रो शिवराम श्रेष्ठ आठौँ स्थानमा रहँदा दोस्रो दिन तीन ओभर ७० का साथ कूल दुई ओभर १३६ को कार्ड बनाए । जयराम श्रेष्ठ(७१) का साथ १३७ नवौ र रामकृष्ण श्रेष्ठ कूल १३८ का साथ दशौँ स्थानमा रहे । रामकृष्णले दोस्रो दिन ६९ स्कोर कार्ड बनाए । कूल २१ खेलाडीको छनोट हुने प्रतियोगितामा १२ पश्चात कट अफ फरम्याट लागू हुनेछ भने जसमा २१ प्रों र एमेच्योरले बाँकी दुई राउन्डमा खेल्ने अवसर प्राप्त गरे । जसअन्तर्गत बलबहादुर राई, रामे मगर, सन्जय लामा, धनबहादुर थापा, सचिनप्रसाद भट्टराई, दिनेश प्रजापति, विकास बोगटी, आषिस परियार, पशुपति शर्मा, विकाश अधिकारी र प्रदिपकुमार लामा कटअफबाट बचे । एमेच्योरतर्फ भने टंकबहादुर कार्की मात्र दोस्रो चरणमा प्रवेश गरे । उनले चार ओभर ७१ गर्दै कूल सात ओभर १४१ बनाउँदा कट अफबाट बचे ।

कूल ३६ खेलाडीको सहभागी प्रतियोगितामा प्रोफेसनलतर्फ २९ र एमेच्योरतर्फ ७ खेलाडीे सहभागीे थिए । चारदिने प्रतियोगितामा दोस्रो दिनदेखि २१ खेलाडी मात्र छनोट गरिने छ । प्रतियोगिताको विजेताले ७० हजार, उपविजेताले ४४ हजार र तेस्रोले ३२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया