एसएसवीले नेपालमा गोलीले चलायो

timthumbमोरङ, ९ मंसिर । सुनसरीको भण्टाबारी नाकामा रहेका भारतीय सिमा सुुरक्षा बल एसएसबीले बुधबार बिहान अन्धाधुन्दा गोली प्रहार गर्दा ४ नेपाली घाइते भएका छन् । भारतीय भूमिबाट सामान लिएर नेपाल तर्फ आउँदै गरेका ब्यक्तिसँग बिवाद बढेपछि भारतीय एसएसबीले अन्धाधुन्दा गोली चलाएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जानकारी दिएको छ । सामान ल्याउने ब्याक्ति गोली चल्नसाथ फरार रहेपछि ति ब्याक्तिको खोजीमा नेपाल पसेको एसएसवीको टोलीले चलाएको गोली अन्य नेपालीलाई लागेको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । भारतीय सिमा सुरक्षा बल एसएसबीले चलाएको गोलीबाट सुनसरीको हरिपुर– ७ का २० वर्षीय अशोक यादव , सोही ठाउँका नरेस यादव , मनोज यादव ,सरोज यादव घाइते भएका हुन ।

घाइते मध्ये अशोकको छातिमा दुई गोली लागेको र उनको अवस्था गम्भिर रहेको जिल्ला प्रसासन कार्यालय सुनसरीका सिडिओ रबिलाल पन्थले बताए । गम्भिर घाइते अशोक सहित चारै जनाको धरान स्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको पन्थले बताए । गृहमन्त्री शक्ति बस्नेतले यस घटनामा भारत सरकारको ध्यान आकृष्ट गराउने बताएका छन् ।

यसरी भयो घटना
सुनसरी हरिपुर ७ का सरोज यादव बिहान करिव ५ बजेतिर ब्युंझिएका थिए । घर अगाडिको सडकमा परालक जम्मा गरेर घुर बाली ताप्न थाले । छिमेकीहरू पनि घुरमा नियमित झंै ताप्न आइपुगे । त्यसको केही समयपछि एकाएक भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही जत्था गोलीगठ्ठासहित उनीहरू नजिक आइपुगे ।

एसएसबी बलका एक सुरक्षाकर्मीले धम्क्याउने भाषामा सोधे ‘मल वाला किधर हे ?’ । यो प्रश्नको उत्तर उनीहरूसँग थिएन । उनीहरूले आफूहरूलाई जानकारी नभएको बताए । तर, आक्रोसित एसएसबीहरूले घरमा खानतलासी गरे । ‘थाहा नभएको कुरा कसरी भन्नु ?’ उपचाररत उनले भने ‘तर, एसएसबीका टोलीमा आएकाहरूले हामीमाथि नै झम्टिन खोजे ।’ त्यहीबीचमा यादवको दाहिने खुट्टामा गोलीको छर्राले भेटिहाल्यो । ६ जना एसएसबीको टोली ‘मल वाला किधर हे’ भन्दै खोज्न आइपुगेका थिए ।

त्यसमध्येका केहीले बन्दुकले जथाभावी पड्काउन थाले । नजिकै घुर तापिरहेकाहरू मध्ये आफ्नै भाइ नरेश यादवको दाहिने कम्मरमा गोली लाग्यो । अर्का छिमेकी अशोक यादवको दाहिने कोखमा गोली लागेर छेडियो । उनी अहिले सिकिस्त छन् । ‘चोटले दुखिरहेको मसँगै मेरो भाइ र छिमेकीलाईसमेत गोली लाग्यो ।’ उनले भने ‘उ त्यही ढल्यो । त्यसपछि मात्रै एसएसबीको टोली भारत तर्फ लाग्यो ।’

अर्का छिमेकी मनोज यादवको भने खुट्टामा सामान्य चोट लागेको उनले बताए । उनका अनुसार यो घटना नेपाली भूमिमै भएको थियो । भण्टाबारी भन्दा करिव ५ सय मिटर पूर्वतर्फ आफूहरूको घर रहेको र एसएसबीहरूले जहिल्यै त्यो क्षेत्रमा दुःख दिने गरेको उनले बताए ।

उनीहरू आफू निर्दोष रहेको बताउँदै एसएसबीले जथाभावी गोली बर्साएको दावी गर्छन् । ‘हामी कसुरदार नै होइनौं । एसएसबीले जथाभावी गोली हान्यो’ घाइतेहरू भन्छन् । अशोकको अवस्था चिन्ताजनक भए पनि अन्यको अवस्था सामान्य हँुदै गएको छ । उनीहरूले आफूहरूमाथि अनाहकमा गोली बर्साउने भारतीय सुरक्षाकर्मीमाथि कारबाही हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया