नेपालको अन्तरिम संविधान बन्ने बेलामा धर्मको प्रसंग जोडियो र मुलुक धर्मनिरपेक्षतामा प्रवेश ग¥यो । अहिले पनि धर्मका बारेमा सुरुदेखि नै बहस सुरु भएको छ । धर्म निरपेक्षता वा धर्म सापेक्षताको बहस भइरहेका बेलामा अन्ततः संविधानमा धर्मनिरपेक्षलार्ई व्याख्यासहित राखियो । यसलार्ई कसैले बलजफ्ती राखिएको मानेका छन् त कसैले अहिलेको मध्यमार्ग नै यही हो भनेर चित्त बुझाएका छन् । जसरी भ्याटिकन सिटीमा धर्मका बारेमा कुनै बहस हुँदैन, त्यसैगरी नेपालमा पनि हिन्दू धर्मलार्ई बहसको विषय नबनाई खुरुक्क धर्म सापेक्षताको रूपमा राख्ने तर्क पनि उत्तिकै बलियोसँग राखिएको छ ।
कुनै पनि राज्यको धर्म त हुँदैन तर त्यस राज्यका बासिन्दाको भने धर्म हुन सक्छ । बहुमतको धारणालार्ई प्रजातन्त्रले आत्मसात गर्नुपर्छ । नभए एकदिन धार्मिक सापेक्षता पक्षले आफ्नो बहुमत पु¥याएको दिन त्यो संशोधन हुन्छ र बहुमतको कदर हुन्छ । त्यतिबेर धर्म निरपेक्षता पक्षले नैतिक रूपमा पहिलेको जस्ताको तस्तै राख भन्नेबाहेक कुनै तर्क रहनेछैन । अहिले पनि जनमत संग्रहबाट धर्मको छिनोफानो गर्नुपर्ने माग उत्तिकै बलियोसँग उठेकै छ । धर्मका बारेमा हाम्रो श्रुति भन्छ– धर्मको रक्षा गर अनि धर्मले पनि रक्षा गर्दछ । धर्मको अर्थ र व्याख्या एकै प्रकारको पनि छैन । तर, धर्मलार्ई कट्टरताको परिचायकको रूपमा प्रस्तुत गर्दा नै यो समस्या आएको छ ।
कुनै पनि धर्मको आधार भनेको त्यसको दर्शन हो । कुनै पनि दर्शनले जसरी स्वाभाविक रूपमा धर्मको पथ प्रदर्शन गरेको हुन्छ, राजनीतिमा पनि त्यही दर्शनले आफ्नो प्रभाव जमाएको हुुुन्छ । सायद त्यसैले होला, जुन दलले सरकार बनाउँछ त्यही दलको घोषणापत्रबमोजिमको सरकारी योजना तयार भएको पाइन्छ । आजको धर्म भनेको सामाजिक आवश्यकता हो र त्यही सामाजिक आवश्यकतालार्ई एउटा गर्नैपर्ने कामको रूपमा अथ्र्याइएको छ । धर्मलार्ई अहिले राजनीतिक दर्शनको रूपमा पनि हेर्न थालिएको छ । तर पनि प्रत्येक दर्शनमा गरिने र नगरिने कामका विवरण तयार गरिएको पाइन्छ । केही समय पहिलेसम्म धर्मनिरपेक्ष मानिएका देश पनि अहिले धार्मिक सापेक्षतामा फर्किन थालेका छन् । त्यसको जनस्तरको ताजा उदाहरण चीनमा पाइन्छ । चीनका युवा आफूलार्ई धर्मको कुनै रूपमा चिनाउने भन्दा मेरा प्रपिता, प्रमाताचाहिँ बुद्ध धर्म मान्ने थिए भन्न रुचाउँछन् । पूर्व सोभियत संघ विखण्डनपछिका कतिपय स्वतन्त्र राज्यहरू कट्टर इस्लाम धर्मका रूपमा विकसित भएका पाइन्छन् । राज्यको धर्म त हुँदैन तर लोकतन्त्रमा जनमतको कदर हुने हुँदा बहुमतको आधारमा त्यसको पनि छिनोफानो गरेको पाइन्छ । हुँदो रहेछ ।
अहिले नेपालमा धर्मका विषयमा फेरि बहस चल्न थालेको छ । संविधानको निर्माणमा अरू विषयले भन्दा पनि धर्मले बढी विवाद ल्याउन सक्ने सम्भावना अझै व्यक्त गरिँदैछ । वास्तवमा धार्मिक सम्प्रदायहरू भनेका मानवीय आस्थाका बारेमा संवेदशील भएर चेतनाको उच्चस्तरीय भावनाको उद्बोधन गर्ने संस्था हुन् । अहिलेको विवाद भनेको झन्डै ९३ प्रतिशत ओम्कार परिवार तथा प्रत्यक्ष रूपमा हिन्दू धर्मको संरक्षकत्व भएकाले नेपालमा किन हिन्दू धर्मलार्ई राष्ट्रिय धर्म नराख्ने भन्ने बहस उग्र रूपमा उठेको देखिन्छ । यो बहस २०४७ सालको नेपाल अधिराज्यको संविधान बनेको बेलादेखि उठेको हो । अहिले पनि त्यो बहसमा छ र अझै कतिदशकसम्म रहिरहने हो यसै भन्न सकिँदैन ।
वास्तवमा धर्म भनेको जनताको हितका लागि प्रयुक्त गरिने सेवाको नाम थियो पहिले । आत्मालार्ई सकारात्मक कार्यको आनन्दद्वारा र परमात्मालार्ई सेवाद्वारा प्राप्त गर्ने प्रक्रियालार्ई धर्मको रूपमा पौराणिक कालदेखि नै मानिँदै आएको थियो । धर्मले विस्तारै राजनीतिको रूप लियो र दर्शनले धर्मलार्ई जनताको मनमा धारण गर्ने तर्कपूर्ण उपाय दियो । दर्शनका विभिन्न रूप छन् तर पनि प्रत्येक दर्शनले मानवीय जीवनलार्ई कसरी सरल, सहज र सुखपूर्वक बचाउने भन्ने कुराको खोजी गरेको हुन्छ । राजनीतिक दर्शनलार्ई धर्मको रूपमा व्याख्या गरिन थालेको उत्तरआधुनिक समयमा धार्मिक तथा मानवीय हितका संस्था नै नागरिक समाजका असल रूपमा पाइएका छन् ।
नेपालमा त्यति धेरै चलनमा नभएको तर भारतमा अति नै मान्यता पाएको भनेको धार्मिक संस्थाहरू र धार्मिक दर्शनलार्ई नागरिक समाजको असल प्रतिनिधिका रूपमा लिइन्छ । एउटै धर्मका पनि धेरै सम्प्रदाय छन् र ती सबै संस्था र सम्प्रदायले मानवीय उत्कट इच्छालार्ई प्रतिविम्बित गरिरहेका पाइन्छन् । भारतमा अहिले प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको जनविश्वासलार्ई विश्लेषण गर्दा जनताको धार्मिक भावनाको कदर हो भन्दा अत्युक्ति हुँदैन । प्रत्येक धर्मका मानिसले आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रता पाउने प्रत्याभूति पाउँदैछन् र पहिले धर्म परिवर्तन गरेकाहरूलार्ई पनि धार्मिक स्वतन्त्रताअन्तर्गत चाहेमा बाबुबाजेकै, आमाबज्यैको धर्ममा फर्किन पाउने नयाँ नीति बनाउन लागेको देखिन्छ ।
धर्मले राजनीतिलार्ई प्रत्यक्ष प्रभाव पार्नु हुँदैन भन्ने भनाइ ठीक हो । एउटा धर्मको मात्र वर्चश्वले अर्को धर्मकालार्ई असुरक्षाको भावना पैदा गराउँछ । धर्म मान्ने व्यक्तिको निजी धारणा हो । त्यही निजी धारणालार्ई विभिन्न लोभलालचमा पारेर धर्म परिवर्तन गर्न पाइँदैन भन्ने भावनाले नेपालमा अहिले गति लिएको छ । नेपालमा अचम्म त के देखियोे भने, इस्लाम धर्मीहरूले पनि नेपाल हिन्दूराष्ट्रको रूपमा पहिचानको देश बनोस् भनेर आन्दोलन गरेको पाइयो । यो बहुमतप्रतिको आस्था पनि हो र धार्मिक सापेक्षताको पक्षमा बोलिएको आवाज हो । यसले जुन धर्मका पक्षमा भए पनि सापेक्षतालार्ई आधार बनाइनुपर्छ भन्ने आवाज मुखरित गरिएको हो ।
भारतमा धर्मले सामान्य जनताको जीवनमा महत्वपूर्ण परिवर्तन दिन सक्षम भएको छ । विभिन्न मठ, मन्दिरले आफ्ना भक्तलार्ई धार्मिक संरक्षण दिन्छ । सन्त, महन्तहरू र मठ मन्दिरले जनसेवामा प्रत्यक्ष हात हालेका हुन्छन् । आवश्यकताअनुसार खान, बस्न र औषधिको व्यवस्था गरेको पाइन्छ । राजनीतिमा आउने साधु, सन्त महन्तहरूको जनताको सेवाबाहेक अरू कुनै स्वार्थ देखिँदैन । हाम्रो देशमा भने धर्मसँग कतै नाता नजोडिएका अनि धर्मप्रति कतै आस्था नभएका तर धार्मिक पक्षको नाममा नारा लगाउन थालेकाहरूका कारण धर्म र राजनीतिका बारेमा अहम् प्रश्न उठेको हो । राजालार्ई धर्मको प्रतिनिधि मान्ने पनि एउटा महान् भूल हो । हिजो राजालार्ई धर्मका नाममा र शास्त्रका नाममा विष्णुको अवतार हामीले नै मानेको हो । स्वयं विष्णुका अवतारहरूले सांसारिक भोगको बढी नै आकांक्षा राखेकाले त्यो संस्था हटेको हो । निमित्तमा जो पनि देखियो होला, तर खासमा राजतन्त्र नेपालबाट हट्नुको कारण आफ्नै आन्तरिक कारण थियो । चाहे त्यो लोकतन्त्रका विपक्षमा कदम चालिरहने वा सम्पत्तिको बढी चाहनाको कारण होस् ।
संविधान अब त पक्कै बन्ला । धर्मका बारेमा धार्मिक नागरिक समाजका भनाइलार्ई र बृहत् जनमतलार्ई विचार गरेरमात्र बोल्ने काम होस् । जनताको आस्था अपरम्पार छ । धार्मिक आस्था भनेको त्यस्तो अक्षर बीज हो जसलार्ई बिच्काउने भन्दा सम्हाल्ने काम गरियोस् । नत्र त्यसले हुरीमा आगोको झिल्कोको काम गर्नेछ । आज तत्काल त्यसको प्रभाव नदेखिएला तर त्यसले पार्ने प्रभावले दसकौँसम्म नकारात्मक प्रभाव पार्नेछ जब कि धर्म आफैँमा सकारात्मक सोच हो र जनसेवाको सिद्धान्त हो ।
प्रत्येक राष्ट्रका धेरै जनताको एउटा आदर्श नैतिकता हुन्छ जसलार्ई धर्मको रूपमा जानिन्छ । एउटा आदर्श पथ प्रदर्शन हुन्छ जसलार्ई दर्शन भनिन्छ । शासनका लागि एउटा व्यवस्थाको छनोट गरिएको हुन्छ, त्यसैलार्ई राजनीति भनिन्छ । राजनीतिमा लोकतन्त्र नै त्यस्तो दर्शन बोकेको व्यवस्था हो जसमा जनताको सही भावनाको कदर हुन्छ । संयुक्त राज्य अमेरिकाको डालस सहरमा एउटा काला, एसियाली तथा ल्याटिन अमेरिकी बसोबास गरेको ठाउँको नाम छ ह्वाइट सेटलमेन्ट अर्थात गोरा बस्ने ठाउँ । त्यहाँ गोराहरूलार्ई अप्ठेरो लागेर जनमत संग्रह भयो तर सबैले त्यही नामलार्ई स्वीकार गरे र अहिले पनि त्यस ठाउँलार्ई ह्वाइट सेटलमेन्ट नै भनिन्छ ।
धर्मलार्ई जनताका बीचमा झगडाको कारण बन्न दिनु हुँदैन । तर, संविधान बनाउने जिम्मा लिएकाहरूले जानाजान बहुमत जनताको भावनाप्रति खेलबाड पनि गर्न दिनु हुँदैन । धर्मप्राण जनताका भावनामा नकारात्मक रूपमा खेलियो भने देशमा अराजकता चाहने तत्वले धमिलो पानीमा खेल्ने मौका पाउँछन् । हिजो पञ्चायती व्यवस्थाका हिमायती जो लोकतन्त्र चाहनेहरूका लागि मृत्युको घन्टा बजाउँथे, आज तिनै धार्मिक कट्टरताको जामा लगाएर धर्मप्राण जनतालार्ई दिग्भ्रमित पारेर संसद्मा चौथो शक्ति ओगटेर बस्न सफल भएका छन् । यसबाट पनि भावी दिनमा धर्मका बारेमा सही निर्णय लिन नसक्दाको परिणाम अहिले नै अनुमान गर्न सकिन्छ ।
अहिलेको विकल्प भनेको धर्मका नाममा केही पनि नबोल्ने र प्रत्येक नेपाली नागरिकलार्ई धार्मिक स्वतन्त्रता प्रत्याभूत गर्ने व्यवस्था आवश्यक छ । अथवा जनमत संग्रहले मात्र धार्मिक व्यवस्था गर्ने सम्भावना पनि राख्न सकिन्छ संविधानमा । वा संविधानमा धर्मका बारेमा सापेक्षता वा निरपेक्षता केही नभनी पनि बस्न सकिन्छ । जब बहुमत जनता एउटा धर्मका छन् भने किन धार्मिक निरपेक्षता राख्ने भन्ने पनि प्रश्न उठ्न सक्छ । त्यसैले पनि भोलि संविधानले काम नै गर्न नसक्ने गरी व्यवस्था गर्नुभन्दा सुविचारित रूपले संविधान बनाउने काम आजको राजनीतिक बुद्धिमानी हो ।
पण्डितले सबै गुमाउनेभन्दा बरु आधा गुमाएर पनि आफ्नो लक्ष्यलार्ई सफल बनाउँछन् भन्ने लोकोक्ति छ । राजनीतिक पण्डितहरूको समयसीमा पनि अब आउन लागेको छ । तिनै पण्डितले संविधान घोषणा गर्नका लागि अपनाउने विभिन्न रणनीतिमध्ये धर्मका बारेमा तटस्थता वा सापेक्षता अहिलेको जल्दोबल्दो समस्या हो । सापेक्षताका लागि कठीन हुन्छ यदि भने जनमत संग्रहले पछि निर्णय गर्ने गरी व्यवस्था गर्नु नै श्रेयस्कर छ ।
धर्मका बारेमा हलुका तरिकाले हेरियो । धर्मले नेपाललार्ई एकसूत्रमा जोडेको देखिन्छ । धार्मिक अल्पसंख्यकहरूले कहिल्यै आफूलार्ई असुरक्षित सम्झिएका छैनन् । धार्मिक सहिष्णुता नेपालको एक आभूषण हो । हिन्दूहरू बहुमतमा भए पनि कहिल्यै इस्लामलार्ई हेपिएको देखिएन । बुद्धधर्म र हिन्दूधर्मले एउटै आदर्श र दर्शनलार्ई अँगालेका छन् र भगवान् बुद्धलार्ई हिन्दूहरूले आफ्ना विष्णुको अवतारमध्ये एउटा अवतार मानेर पूजा गर्छन् र बुद्ध जयन्तीमा व्रत बस्छन् । नेपालमा इसाई धर्मको प्रचारले गति लिन थालेपछि भने धर्मका बारेमा अनावश्यक विवाद सुरु भएको पाइन्छ । त्यो विवादलार्ई अब राजनीतिक रूपमा तानेर विवाद बढाउँदा त्यसले धार्मिक रूप लिएको देखिन्छ ।
धर्म व्यक्तिको इच्छाको कुरा हो जसरी कि कुनै सचेत नागरिकले कुन दलमा लाग्ने वा नलाग्ने उसको व्यक्तिगत इच्छा हो । यो कुरामा ध्यान पु¥याउनु जरुरी छ । विज्ञेषु किमधिकम् ।
प्रतिक्रिया