हाम्रो देश एउटा जीवन्त सभ्यता र संस्कृति बोकेको देश हो । हामी नेपाली एकआपसमा अन्तर्निहित रहेर सदियौँदेखि नै आफ्नो सभ्यताको विकास गरेका छौँ । देशमा अहिले जुन किसिमको वैचारिक रिक्तता देखिएको छ त्यसलार्ई सम्बोधन गर्न पनि हाम्रै देशमा अन्तर्निहित विचारलार्ई नै राजनीतिक व्यवस्थामा ढाल्नु अत्यावश्यक बनेको छ । त्यसो गर्न सकियो भने हाम्रो देशमा अहिले रहेका युरोप र चीनबाट आयातित दर्शनहरू विस्थापित हुनेछन् र देशकै वैचारिक धरातलले यहाँको सभ्यतालार्ई मार्गनिर्देश गर्न सक्दछ । जुन देशको जस्तो माटो हो त्यहीअनुसारको दर्शन स्थापित गर्न सकियो भनेमात्रै देशको वास्तविक स्वरूपको निर्माण हुन जान्छ । वैदिक सभ्यताको जिउँदो नमुना, गौतम बुद्धको शान्तिको दर्शनको भूमिको रूपमा हामी हाम्रो देशलार्ई विश्वमा उभ्याउन सफल हुन्छौँ ।
नेपाली लोकव्यवस्थाका आधार
यहाँका डाँडाकाँडा, नदीनाला, ताल र पोखरी, जंगल र फाँटहरूमा एक विशेष प्रकारको शक्ति छ जसले ऊर्जा प्रवाह गरिरहन्छ । यहाँ सदियौँदेखि नै ऋषिमुनिहरूले तपस्या गर्दै आइरहेका छन् । यहाँका नदी किनारमा बसेर जीवनको परिभाषा दिइरहेका छन् । हिमालयको काखमा बसेर ध्यानमग्न भई जीवन र जगत्को व्याख्या गरिरहेका छन्, सन्त र महात्माहरूले । अनि ढुंगा–ढुंगामा, रुखबिरुवामा, पर्वतका चुचुराहरूमा, पहाडी भञ्ज्याङहरूमा, नदीनालामा यत्रतत्र सर्वत्र देवताको बास हुन्छ भन्ने विश्वासमा दैनिक जीवन बिताइरहेका आम मानवका घर–घरमा, वस्ती–वस्तीमा त्यही पवित्र नेपाली मानवीयताको भावना छरिइरहेको हुन्छ । यही नै नेपाली लोकव्यवस्थाको आधारशिला हो ।
गाँस, बास र कपास प्राथमिक आवश्यकता हुन् भने शिक्षा र स्वास्थ्य पनि व्यक्तिका आधारभूत आवश्यकता बनेका छन् । ती चीजको व्यवस्थाका लागि व्यक्ति र राज्यका बीचमा अन्तक्र्रिया हुन्छ । व्यक्तिले कर्म गर्न पाउनु उसको अधिकार हो भने कर्मअनुसारको फलको व्यवस्था गर्नु राज्यको कर्तव्य हो । कृषि नै नेपाली जीवनको आधारभूत आवश्यकता पूर्तिको माध्यम हो । त्यसबाहेकका आर्थिक क्रियाकलापहरू शिक्षा र स्वास्थ्यका लागि हुन् । अनि देशका सर्वांगीण धारा हरेक मानवमा रहेको चेतनाको उच्च जागरणमा केन्द्रित हुन्छन् जसले सारा विश्वलार्ई नै सुख र शान्तिको धाराप्रवाह गर्दछ । आध्यात्मिक र भौतिक विकासको सम्मिश्रण नै नेपाली लोकव्यवस्थाको जग हो ।
स्रोत र सम्पदा
भौतिक विकास पनि समृद्ध नेपालको प्रमुख आधार हो । यसमा नेपाली नागरिक नै नेपालको विकासका स्रोत हुन् । देशमा उपलब्ध साधन र स्रोतको सन्तुलित प्रयोग नै हाम्रो देश विकासको आधार हो । सूर्य, जल, जंगल, जमीन, वनस्पति नै यहाँका मुख्य प्राकृतिक स्रोत हुन् भने मठमन्दिर, चैत्य गुम्बा, अनेकौँ संस्कृति, अनेकौँ मानव समूहहरू यहाँका सांस्कृतिक–सामाजिक सम्पदा हुन् । धैर्य, साहस, इमानदारी, विनम्रता र परिश्रम हाम्रो देशका मानवस्रोत हुन् । यिनै स्रोत र साधनको समुचित प्रयोग नै हाम्रो देश नेपालको समृद्धिका आधार हुन् ।
ग्रामीण जीवन
नेपाल सहरमा बस्दैन । नेपाल त गाउँमा रहेको छ । ती गाउँको सेवा नै नेपालको सेवा हो, एक समृद्ध देशको स्थापना हो । आफ्नो जीवन पूर्ण रूपमा जिउनका लागि ग्रामीण परिवेश उपयुक्त हुन्छ । यद्यपि नगर सभ्यतालार्ई व्यवस्थित पार्न सकियो भने त्यहाँ पनि जीवन धेरै हदसम्म सम्मानित हुनसक्छ । त्यसैले व्यवस्थित नगरसभ्यता स्थापनामा पनि जोड दिनुपर्छ । तर, जीवनको पूर्णताका लागि ग्रामीण परिवेश नै उपयुक्त हुन्छ । अवसर र शिक्षा, अनि स्वास्थ्य र सञ्चारलार्ई गाउँ–गाउँमा पु¥याई गाउँलार्ई विकास गर्नुपर्छ ।
नेपाली जीवन्त शक्ति
हिमालयको स्वच्छन्दता, पहाडको कोमलता एवं तरार्ईको न्यानोपना, नदीहरूको निश्चलता, मानिसका मुहारमा चमक अनि एकआपसमा सौहाद्र्रपूर्ण व्यवहार हामी नेपालीको विशेषता हो ।
निर्दाेष मुस्कान हामी नेपालीको परिचय हो जुन हृदयको गहिराइदेखि नै प्रस्फुटित हुन्छ । चाउरी परेका गाला भएकाहरू नै किन नहोऊन्, नाम्लाको डामले खत बसेका निधार लिएका नै किन नहोऊन्, आधी पेट खाएर कोदालो खनिरहेका नै किन नहोऊन्, मानिसका अनुहारमा मुस्कान छाइरहेको हुन्छ । त्यो मुस्कानमा कुनै कपट छैन, छल छैन, स्वाभाविक र प्राकृतिक मुस्कान देख्दा जसको मन पनि पुलकित हुन पुग्दछ, असीम आनन्दको अनुभूतिले हृदय तरंगित हुन्छ । प्रेम हामी नेपालीको विशेषता हो । सानालार्ई माया र ठूलालार्ई आदर यहाँको संस्कृतिको आधारशिला हो । यहाँ आफ्ना घरमा पालिएका हाँस, कुखुरा, परेवा, बाख्रा, भेडा, गाई, भैँसी, घोडा, कुकुर र बिरालासँगको सामीप्यतामा प्रेमको अर्थ बुझिन्छ । अनि यहाँ संयुक्त परिवारको अवधारणा दृढ रहेको पृष्ठभूमिमा परिवारका एक अर्कासँगको माया र सद्भाव अनि सहयोगको भावना पनि प्रतिविम्बित हुन्छ । ‘पितृदेवो भवः, मातृदेवो भवः र अतिथि देवो भवः’ भन्ने मन्त्रलार्ई हृदयमा राखी आफ्ना आमा, बाबाका लहरमा अतिथिलार्ई प्रेम गर्ने संस्कृति छ, यहाँ । कोही कसैलार्ई आवश्यकता प¥यो भने स्वाभाविक रूपमै मद्दत गर्न आइपुग्छन् यहाँका मानिस । सेवा नै धर्म हो भन्ने अभिप्रायका साथ मानव मात्र होइन, सम्पूर्ण प्राणीमात्रको सेवा गर्न उद्यत रहन्छन् यहाँका मानिस ।
यहाँ वैदिक ज्ञानको परम्परामा ऋषिमुनिहरूले ज्ञान र चेतनाको प्रवाह यहाँका नदी किनारामा चर्चेका थिए । त्यही ज्ञान र धर्मको संगम हा,े नेपाल । बुद्धको शान्तिको दर्शन फैलिएको भूमि हो, हाम्रो नेपाल । जनकको भूमिमा याज्ञवल्क्य, गार्गी र मैत्रेयीहरूले नदीनालाहरू र पहाडी डाँडाहरूमा ज्ञान प्रवाह गरेर बसाएको ज्ञानको प्रवाह भूमि हो, नेपाल ।
भीर पहरामा डोको बोकेर घाँस काट्दै परदेश गएका प्रियतमको विरहमा गुञ्जिएका गीतमा नेपालीत्व लुकेको हुन्छ । मन्दिर, चैत्यमा गरिने प्रार्थनामा यहाँको आध्यात्मिकता रहेको छ । गण्डकी, कोशी, कर्णाली, बागमती, कमलाजस्ता नदीका किनारै किनार सुसेल्दै हिँड्नेहरूमा, जंगल र मैदानहरूमा गाईभैँसी, बाख्रा भेँडाहरू चराउँदै रमाउनेहरूको सानो छडीमा, गुफा कन्दरामा जीवन बिताइरहेकाहरूको चुल्होमा, कम्मर कसेर कोदाली खन्दै छुपुछुपु धान रोप्नेहरूको पटुकामा, बाउसे बनेर आलीकान्ला सम्याउँदै निधारको पसिना पुछिरहेका टोपीमा यहाँको मौलिकता जीवित रहेको छ ।
मानव–मानवबीचका सामाजिक र आर्थिक विभेद मेटाउने अभियान चलाइरहेका व्यक्तिहरू, नेपाली मुटुमा छोइरहेका अरूणा लामा, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवीहरूका स्वरमा, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचनहरूका शब्दमा नेपालीपन जीवन्त रहेको छ । देशको रक्षार्थ आफ्नो जीवनको आहुति दिने शहीदहरूको सपनामा नेपाल जीवित रहेको छ ।
हिमाल, पहाड र तराईमा फैलिएको भूमि, सदियौँदेखि बस्दै आइरहेका मानिस, प्रकृतिलार्ई सुन्दर पार्दै आफ्नो अस्तित्वमा रहेका अनेकौँ जीव, प्राणी र वनस्पति सबै नै नेपाली अस्तित्वका द्योतक हुन् । आफ्ना सन्ततिलार्ई दूध चुसाउँदै चाटिरहेका स्तनधारी प्राणीहरूको ममतामा, भुनभुन गर्दै उड्ने भँवरा र मौरीहरूको आवाजमा नेपाली आत्मा रहिरहेको छ ।
रोटेपिङ र लिंगेपिङका चचहुँ, सोरठी र घाटु, ल्होसार र छठ, दशैँ र तिहार, पूर्णिमा र औँसीहरू सबैमा यहाँको जीवन अन्तरनिहीत भएर रहेको छ । एक–अर्काका खेतबारीमा बाली लगाउँदा पर्म र मेला गर्दै सहयोग र मेलमिलापका आधारमा व्यवहार गर्ने चलन अनुपम बनेर रहेको छ । मर्दापर्दा एक अर्काको मद्दत गर्ने सहृदयी व्यवहार नेपाली आत्माको शुद्धताको उजागर हो । यसरी हेर्दा हरेक नेपाली यो भूमिका अनन्त शक्ति हुन् । जीवनको सम्मान गर्ने यहाँको जीवनवादी दर्शन नै नेपाली दर्शन हो ।
नेपालका आधार यिनै हुन् । यही आधारमा हामीले हाम्रो व्यवस्था बसाउनु छ, जसले मानव जीवनलार्ई एउटा नवीन परिभाषा दिने छ, नवीन मार्ग दिनेछ ।
नयाँ वैचारिक धरातलको राजनीतिक स्थापना
अकर्मण्य शासकहरूबाट देशले मुक्ति नपाएसम्म हामी नेपालीको गौरवमय इतिहास, संस्कृति र सभ्यताको नाश हुने अवस्थालाई सम्बोधन गर्ने दिशामा कोही न कोही अगाडि आउनैपर्ने देखिन्छ । देशका नागरिकलाई जात, धर्म र सम्प्रदायका नाममा एकअर्कामा भिडाएर आफ्नो सत्ताको सपना सजाउनेहरूबाट देशलाई जोगाउनका लागि एक वैकल्पिक राजनीतिक शक्तिको रूपमा सहअस्तित्व समाजवादको दर्शन स्थापित हुनु अत्यावश्यक बनेको छ ।
वि.सं. २०४६ सालको परिवर्तनपछि देशले लोकतान्त्रिक व्यवस्थामा केही सकारात्मक परिवर्तनको अपेक्षा गरेको थियो । तर, पुराना र इतिहास बोकेका भनिएका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पार्टीहरूको सत्ता स्वार्थको खेलले गर्दा आम नेपालीले लोकतन्त्रको अनुभूति नै गर्न पाएनन् । अनि वि.सं. २०५१ को निर्वाचनमा पूराना पञ्चायती शासकहरूको समूहको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय पाँच सिटमध्ये संसदमा २० सिट जित्यो । तर, यो पार्टी पनि नेपाली कांग्रेस र नेकपा एमालेजस्तै सत्ताको खेलमा यतिसम्म डुब्यो कि २० सिट भएको पार्टीका दुईजना प्रधानमन्त्री बन्न पुगे । नेकपा माओवादीले चलाएको सशस्त्र आन्दोलनले देशको अवस्था हालकायल हुन पुग्यो । वि.सं. ०६२÷६३ को आन्दोलनको बलमा राजतन्त्रको अन्त्य र माओवादीको लोकतान्त्रिक व्यवस्थामा उदय हुनपुग्यो । आम जनताले नेकपा माओवादीलार्ई विश्वास गरेर सत्ता पनि सुम्पिए । तर, उसको चरित्र पनि सत्तावादी चरित्रभन्दा पर जान सकेन । देशमा जहिलेपनि राजनैतिक र वैचारिक रिक्तता रहिरहेको छ ।
यसरी हेर्दा, आम नागरिकले देशमा जहिले पनि एक राष्ट्रवादी, भ्रष्टाचारबाट मुक्त राजनीतिक नेतृत्व र देशकै आत्मा प्रतिविम्बित भएको राजनीतिक विचार र दर्शन बोकेको राजनीतिक शक्तिको स्थापनाको चाहना गरिरहेको देखिन्छ । पहिलो संविधानसभाको असफलताको कारण बिनाअर्थ ल्याइएको जातीय नारा थियो । अहिले दोस्रो संविधानसभाबाट बन्न लागेको संविधानमा पनि आम नेपालीको भावना समेट्नुको साटो विदेशी शक्तिकेन्द्रको निर्देशनमा परिचालित हुने राजनीतिक परिपाटीले गर्दा हाम्रो र राम्रो संविधानको आशामा तुषारापात हुन गएको छ ।
यिनै समग्र अवस्थालार्ई सम्बोधन गर्नका लागि देशमा एक नयाँ वैचारिक धरातल बोकेको सशक्त राजनीतिक शक्तिको रूपमा स्थापित हुनसक्ने सम्भावना अत्यन्त प्रवल छ । कोही पुरानो राजतन्त्र बोकेर हिँडिरहेका छन्, कोही भ्रष्टाचार र कुशासनलार्ई नै राजनीति हो भन्ने धारणा राखिरहेका छन्, कोही जातीय राजनीतिलार्ई आफ्नो साधन ठान्दछन् । तर, हाम्रो देशको वास्तविक आवश्यकता र चरित्रलार्ई सम्बोधन गर्ने राजनैतिक शक्तिको रूपमा देशमा रहेको सहअस्तित्व समाजवादको विचार बोकेको शक्ति स्थापित हुन अत्यावश्यक बनेको छ ।
प्रतिक्रिया