धर्मको लिगमा नदौडँदा सामाजिक विकृति

madhusudan

 

 

यदा यदाहि धर्मस्य ग्लानिर्भवति भारत. ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

गीता ४।७।।

आदि कालदेखि जगतको स्थितिको निमित्त प्रवृत्ति र निवृत्ति दुई किसिमका धर्म प्रचलित भएका छन् । तिनको ह्रास भएपछि समाजमा आफैँ अधर्म, अन्याय, अत्याचार, अनाचारको बेरोक वृद्धि हुन जान्छ । जसले गर्दा निरिह जनता कहीँ पनि त्राण नपाएर व्याकुल हुन्छन् । यहीँ अधपतन भएर विनाशको गतिमा जान लागेको समाजलाई धर्म नीतिको मार्ग देखाउने तथा पीडितहरूको करुणा क्रन्दन सुनेर अनेक नामले विभूतिहरू प्रकट हुन्छन् । जब–जब धर्ममा ह्रास आउँछ तब–तब देशमा संकट पैदा हुन्छ भनी गीतामा बताएको कुरा हाम्रो देशमा प्रत्यक्ष प्रभाव देखिन आयो । नेपाल परापूर्व कालदेखि सनातन वैदिक धर्ममा आधारित रही धार्मिक, सामाजिक, आर्थिक व्यवस्था युगौँ युगदेखि चल्दै आएको हो र चलिरहेको पनि छ । नेपाललाई १ सय १६ राष्ट्रले शान्तिक्षेत्र भनी समर्थन गरिसकेको देश हो । विश्वमा एकमात्र हिन्दूराष्ट्रको देश भनी मानिएको पनि हो ।
कसैलाई पनि अनैतिक काम गर्ने अधिकार धर्मशास्त्रले दिएको छैन । बरू अनैतिक काम गर्नु हुँदैन भन्ने धर्मले सिकाएको छ । व्यक्तिलाई शासन गर्ने धर्मले नै हो । यस्तो देशलाई २०६३ सालको अन्तरिम संविधानले धर्मनिरपेक्ष देश बनाउनासाथ देशमा विभिन्न किसिमका विपत् राजनीतिक अस्थिरता, अराजकता आएकै छन् । कहिले राष्ट्रपतिको खिचलो, कहिले प्रधान सेनापति फेर्ने खिचलो, सात वर्षमा सात जवान प्रधानमन्त्री फेरिने खिचलो, संविधान बनाउन खिचलो, संविधानसभाको चुनावको खिचलो, जातीय प्रदेश राज्य बनाउने कुराको लागि खिचलो, एक मधेस एक प्रदेशको लागि खिचलो, धर्मनिरपेक्षको लागि खिचलो, यस्तै किचलै खिचलोको खिचडी बनिरहेकाले नौ वर्षमा पनि संविधान बन्न नसकेको भन्ने जनमानसमा आएको खिचलो ।
सनातन वैदिक हिन्दूराज्य जुन परम्परादेखि चल्दै आएको कुरा इतिहासले र जनमानसले बताउँदै आएका छन् । तर, हाम्रा केही समाजले परम्परालाई आवश्यक नठानी धर्मनिरपेक्ष गराए । जबकि विश्वमा नेपाल एकमात्र हिन्दूराष्ट्र हो भनी प्रख्यात भएको छ, थियो पनि । अब संसारले के भनेर सम्बोधन गर्ने हुन्, नेपाल खिचलै खिचलोको देश ?
श्रेयान् स्वधर्मो विगुणः परधर्मात् स्वनुष्ठिताम् ।।
स्वधर्मे निधनं श्रेय परधर्मो भयावह ।। गीता ३।३५।।
आप्mनो अधिकारअनुसार प्राप्त कर्तव्य नै स्वधर्म हो । सबैले आप्mनो मर्यादामा रहेर काम ग¥यो भने समाजको काम पनि सुचारु रूपले चल्न सक्छ, मर्यादा भंग भएमा समाजमा अव्यवस्था हुन्छ । यही सिद्धान्तका आधारमा अघि वर्णाश्रम मर्यादा कायम भएको हो । विश्वको जुनसुकै वस्तुको पनि आप्mनो स्वभाव र धर्म बेग्लाबेग्लै हुन्छ । आगोले पोल्ने धर्म छाडेर पानीको शीतल धर्म लियो भने त्यसको अवश्य नाश हुन्छ । जसरी भुइँमा हिँड्ने कमिलाले आप्mनो गुण धर्ममा परिवर्तन भएर उड्न थालेपछि उसको नाश पनि तुरुन्त भएभैmँ धर्म परिवर्तन गर्न हुँदैन, ग¥यो भने नाश हुनजान्छ । धर्मो रक्षति रक्षितः’ आप्mनो देशले मानिआएको धर्म छाडी अरू देशको धर्म आयात गरी मान्नु डरलाग्दो हुन्छ । धर्मशास्त्रले बताएअनुसार आप्mनो देशले मानेको धर्मले नै हामी सबैको रक्षा गर्दछ ।
महाभारतमा भनिएको छ–
न जातु कामान्न भयान्न लोभाद्,
धर्म त्यजेज्जीवितस्यापि हेतोः ।
नित्यो धर्मः सुखदुःखे त्वनित्ये,
जीवो नित्यो हेतुरस्य त्वनित्यः ।। स्वर्गा ५।६३।।
मानिसले कुनै पनि समय कामबाट, डरबाट, लोभबाट या जीवन रक्षाका लागि पनि धर्मलाई त्याग्नु हुँदैन । किनभने धर्म नित्य छ र सुखःदुख अनित्य छ तथा जीव नित्य छ र जीवनको इच्छा अनित्य छ ।
प्राचीनकालमा व्यक्तिहरू धर्मको आडले शासन र काम गर्ने भएकाले नै उनीहरूमा शक्ति प्राप्त भएको इतिहासले बताउँछ । त्यस समय हत्या, हिंसा, अनैतिकता जस्ता काम नगर्नु गर्नु हँुदैन भन्नेकुरा धर्मले सिकाएकाले गर्न डराउँथे । प्राचीन कालदेखि हाम्रो देशले मान्दै आएको गौमाता, नागराजा, मातृदेवोभव, पितृदेवोभव, अतिथिदेवोभव, आचार्यदेवोभव साथै विभिन्न धार्मिक पर्व, सामाजिक पर्व, राजनीतिक पर्व, अदि आदि ।
मानिसको मनमा धर्मको चेस्टा नभएकाले नै यस्तो विधर्मी काम गर्दै आएका छन् । मन्दिरै मन्दिर भएको देश र भगवान्मा आस्था राख्ने व्यक्तिलाई हतोत्साही बनाउनुले पनि यो अनिष्ट निम्तिएको मान्नुपर्छ ।
धर्मशास्त्रमा बताइएका परम्परादेखि चलिआएका पुराणले पनि तोकिदिएको मृत्युसंस्कारमा आफ्नो मनोमानी तवरले कटौती गर्ने कुभावनाले गर्दा पनि यस किसिमको परिस्थिति भित्रिएको भन्ने कुरा धेरैको मुखबाट सुन्नमा आयो ।
सनातन चल्दै आएको धर्मलाई बेवास्ता ग¥यो भने विभिन्न उत्पात आइपर्दोरहेछ भन्ने चेतना सबैमा आउनु पर्दछ । यो नितान्त ध्रुवसत्य पनि हो । धनी र गरिबको खाडल बढ्दै गयो । साथै पृथ्वीमाताको अत्यधिक शोषण गरी २ आनामा ६÷७ तले घर बनाई अनैतिक व्यापार गर्ने गरेकाले समेत यस्तो दैवी विपत्ति पर्न आएको भन्ने कुरा धेरैको भनाइ छ ।
त्यस्तै २०७२ सालको १२, १३ र २९ गते गएको प्रलयकारी भूकम्प र पटक–पटकका पराकम्पनको केन्द्र पनि अधिक मात्रामा माथि उल्लेख भएका जिल्लामै जानु र गाउँका गाउँ सखाप हुनु सनातन धर्मले बताएको कुरा नमानी विमुख हुनुले नै हो भन्ने कुरा जनमानसमा प्रसस्त गुञ्जिएको पाइन्छ ।
देश धर्मनिरपेक्ष अर्थात् विधर्ममा चलेको छ । तर, देश हाक्न भनी आएकाहरू भने धर्मनिरपेक्ष (धर्म नमान्ने) तर विभिन्न धार्मिक चाडपर्वमा पशुपति, दक्षिणकाली, कुमारी जात्रामा कुमारीमा दर्शन गर्न जानु, दशैँमा विभिन्न देवदेवीको मन्दिरमा जानु यो उनीहरूका लागि अशोभनीय भयो भन्ने विभिन्न जनजातिमा चर्चा भएको पाइएको छ । किनभने करिब तीन करोड जनतामा केही सीमित व्यक्तिले धर्मनिरपेक्षलाई अँगालेका छन् । ८५ प्रतिशत जनताले सनातन धर्मलाई नै परिपालना गरेका छन् भन्ने विभिन्न बुद्धिजीवीको भनाइ पाइन्छ ।
भगवान्ले गीतामा भन्नुभएको छ–
नेहाभिक्रमनाशोद्रस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।२।४०।।
धर्मका निमित्त जे सुकै पनि निस्काम भावले तन, मन र धन दिएर खर्च गर्नुपर्दछ । यसरी खर्च गरेको धन बीमा गरेको बराबर हुन जान्छ । यसलाई चोरले चोर्न सक्दैन, डाँकाले लुट्न सक्दैन, राजाले हरण गर्न सक्दैनन्, अन्यायी व्यक्तिले हडप्न सक्दैनन् । वर्तमान समय लोकको सेवा गर्ने उपयुक्त समय हो । हाम्रा धनी समाजले यो सुवर्ण अवसरको लाभ लिएर आप्mनो सम्पत्तिलाई सेवा कार्यमा ज्यादाभन्दा ज्यादा लगाउनु राम्रो हुन्छ । धनको सार्थकता यसैमा छ कि जुन दुःखी जनताको सेवामा उपयोग गर्नु हो । यस्तो मौका यदि चुक्यो भने पछि पछुताउनुबाट केही हात लाग्दैन । धनको साथसाथै जीवनको पनि कुनै भरोसा छैन । आज छ, भोलि नरहन सक्छ । यदि आज हाम्रो जीवन समाप्त भयो सो धन हाम्रा लागि काममा आउँदैन । यसकारण जीवन छँदैमा सत्कार्यमा लगाउनुपर्छ । भनिन्छ– तुरुन्त दानं महापुण्यम् । यो कुरा सबै उत्तम कार्यको सम्बन्धमा सम्झनु पर्दछ । दानको लागि धेरै मार्ग छन् । सबैभन्दा बढी आवश्यकता हाम्रो देशमा जसलाई जुन कुराको खाँचो छ त्यही दिएर सहायता गर्नुपर्दछ । आज देशको विभिन्न ठाउँमा अन्न नभएर दुःख पाइरहेका छन् । प्रतिदिन हजारौँ संख्याका हामीले हेर्दाहेर्दै दिदीबहिनी दाजुभाइहरू भोकले गर्दा अकालमै मर्दैछन् । आप्mनो रक्षा गर्न सकेका छैनन् । त्यसैले कुनै राम्रो कामका लागि भोलि नभन्नु, तुरुन्त गरिहाल्नुपर्छ । यस विषयमा कुनै कविले भनेका छन्–
काल करै सो आज कर आज करै सो अब ।
पलमे परलै होयगी बहुरि करैगो कब ।।
धनी व्यक्ति जसले परोपकारका लागि ठूला–ठूला स्कीमहरू सोचिरहेका थिए, तर इच्छा भएर पनि सो स्कीमलाई पूरा गर्न पाएनन् । उनी अचानक मृत्युको मुखा पुगे । मृत्युमाथि कसैको केही चल्दैन । मृत्युले कसैको निम्ति प्रतिक्षा गर्दैन । यसकारण शरीरमा जबसम्म सास रहन्छ तबसम्म हामीले यसको लाभ उठाउनु पर्दछ । मृत्युपछि फेरि हामी केही गर्न सक्दैनौँ । वर्तमान जीवनमा हामी जे कमाउँछाँै त्यही नै पछि हाम्रो काममा आउँछ । यदि जीवनभर हामी पाप बटुल्न लागिरह्याँै भने त्यसको परिणाम नराम्रो हुनजान्छ । तसर्थ, पाप कर्ममा नलाग्नु राम्रो हुन्छ ।
महर्षि व्यास यस्तो भन्नुहुन्छ– धर्मबाटै धन र सुख प्राप्त हुन्छ तसर्थ किन हामी धर्मको सेवन नगर्ने ?
पुण्यस्य फलमिच्छन्ति पुण्यं नेच्छन्ति मानवाः ।
न पापफलमिच्छन्ति पांपं कुर्वन्ति यत्नतः ।।
यो मनुष्यदेह हामीलाई ठूलो पुण्यले मिल्दछ । यतिमात्र होइन, हाम्रो जस्तो देश, हिन्दूधर्म जस्तो धर्म र कलियुगजस्तो युग हामीलाई प्राप्त भएको छ । महात्माहरूले कलियुगलाई सबै युगको श्रेष्ठ युग बताएका छन् । अरू युगको तुलनामा कलियुगमा सजिलैसँग पुण्य प्राप्त गर्न सकिन्छ । मानिसको मनलाई धर्मले नियन्त्रण गर्छ । जतिसुकै तनावलाई पनि धर्मले नियन्त्रणमा राख्छ । हालैको घटना हो, भूतपूर्व न्यायाधीशले आत्महत्या गरे । किनभने धर्मको आड लिएनन् । यदि लिएको भए जतिसुकै धेरै तनाव भए पनि धर्मले नियन्त्रण गर्दथ्यो । आत्महत्या गर्नु महापाप हो भनी धर्मशास्त्रले बताएको छ । तर, हामी अज्ञानी प्राणी चोरी, डाँका, राजदण्ड, अग्नि आदिको उपद्रव सबै कुरा सहन्छौँ तर स्वैच्छाबाट धर्मको दण्ड स्वीकार गर्दैनौँ । कसैले भनेका छन्–
अगिन पलीता राजदण्ड, चोर मूर धन खाय ।
इतना तो दण्ड नर सहे, हरिदण्ड सहा न जाय ।।
अहिले विभिन्न धार्मिक संघसंस्थाहरूले जगतको यो दुर्दशा देखेर देशका विभिन्न मठमन्दिर, देवालय, गुम्बा आदिमा क्षमापूजा गर्दै आएका छन् । यसले देशलाई धेरै नै शान्तिको आभाश भएको कुरा धार्मिक जगतले बताउँदै आएका छन् । त्यस्तै हुँदै आएको पनि छ । सबै देवता परमेश्वरको विभिन्न रूप हुन् । त्यसकारण उनीहरूले गरेका पूजा प्रकारान्तरबाट परमेश्वरकै हुन्छ । अतः आफ्ना इष्टदेवता भिन्नभिन्न भए पनि उपासना (भक्ति) नै मुख्य हो । प्रतिकहरू गौण हुन्, यो नबुझेर आप्mनो इष्टदेवता ठूलो र आर्काको सानो भनेर आपसमा कलह गर्ने अज्ञानी हुन् । यद्यपि एउटै परमात्मा सर्वत्र ब्रह्मादिमा विराजमान हुनुहुन्छ, तथापि उपासनाको फल प्रत्येक उपासकका भावनानुसार असल र केन्द्रबाट दिलाउने भगवान् नै हुनुहुन्छ । पूजा गर्ने उपासक गण सात्विक, राजस, तामस भेदले तीन प्रकार हुन्छन् । सात्विक देवताको उपासना गरेर देवलोकमा जान्छन् । राजस पितृहरूको उपासना गरेर पितृलोकमा र तामसीजन भूतपे्रतको पूजा गरेर भूतलोकमा जान्छन् र भूतप्रेत हुन्छन् । मनुष्य आप्mनो आत्मालाई अधः पतन गराउन र उद्दार गर्नमा आपैmँ कारण छन् ।
श्रीमद्भगवत् गीतामा भनिएको पनि छ–
अहंं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
न तु मामभिजानन्ति तत्वेनातश्च्यवन्ति ते ।। ९।२४। गीता ।।
अर्थात्– म सम्पूर्ण यज्ञको भोक्ता र फलदाता पनि हुँ तर तिनीहरू मलाई यथार्थ रूपले जान्दैनन् । त्यसैले कल्याणको बाटोबाट खस्दछन् भनिएको छ । अतः यस समयमा हाम्रै गल्तीबाट यो विनाशको घडी आएको हो । अहिले राजनीति गर्ने होइन, केवल मानव कल्याणका लागि तत्परता हुने समय हो । अतः यस दयनीय अवस्थामा धर्मको (यज्ञहरू) ठूला–ठूला किसिमका क्षमा यज्ञहरू देश विदेशका महात्मा स्वामीलगायत विद्वान् वर्गसँग छलफल गरी राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै वसेर देशमा पूर्ण शान्तिको कामना गर्दै संकल्प गरी क्षमापूजा गरेमा उनै परमपिता परमात्मा ईश्वर भगवान्ले क्षमा गरिदिनु भई सम्पूर्ण मानव जातिमा शान्तिको आभास आउने विश्वास लिएको छु ।
यो विकट घडीमा उद्धार गर्नमा तन, मन र धन लगाएर लागिपर्ने सैनिक, प्रहरीलाई नै यस देशको सरकार भनेमा कुनै अत्युक्ति नहोला । किनभने आपत्को घडीमा यिनीहरू नै सर्वप्रथम छन् । हाल विभिन्न मित्रराष्ट्रदेखि लिएर स्वदेशी दाजुभाइ दिदीबहिनी आदिले राहतको नाममा जे उपलब्ध गराई सेवा गरे सो भविष्यलाई सञ्चित हुन जान्छ । भगवान्ले गीतामा भन्नुभएको छ–
निष्काम कर्म नै कर्मयोग हो । सकाम कर्म र निष्काम कर्ममा फरक के छ भने सकाम कर्ममा थालेका काम पूरा हुन सकेन भने गरेको जति सबै निस्फल हुनेछन्, फेरि नानाप्रकारका विघ्नको सामना गर्नुपर्दछ । जस्तै– फलपूmलको बिरुवा लगाउँदा मलजल पुगेन भने फल लाग्दैन र जीवजन्तुबाट बचाउन सकेन भने फल खान पाइन्न, परिश्रममात्र हुनेछ । निस्काम कर्ममा अनुष्ठानकर्ताले समत्व बुद्धिद्वारा जे–जति गर्दछ त्यसको नाश हुँदैन । गणतन्त्र आएपछि नौ वर्षपहिले नयाँ नेपाल बनाउने प्रतिबद्धताअनुसार बनाउनुपर्ने मौका थियो । तर, सो बन्न नपाउँदै हाल आएर नेपालको ने हराएर पालमात्र बाँकी रहन गएर होला सबै पालमा रहन थालेका छन् ।
अन्त्यमा विभिन्न किसिमबाट दिवंगत भएकाहरूको आत्माले चीरशान्ति पाओस्, घाइतेहरूको शिघ्र स्वास्थ्य लाभ होस्, अब देशमा यस किसिमको भयावह आपत्ति आई जनताले दुःख पाउन नपरोस् भनी भगवान् श्रीपशुपतिनाथ भोलेबाबासँग प्रार्थना गर्दछु ।

प्रतिक्रिया