चितवनका सहकारीद्वारा ६ अर्ब बचत

paisaचितवन, २४ साउन । चितवनका सहकारी संस्थाले आव ०७१÷७२ मा ६ अर्ब पाँच करोड रकम बचत गरेका छन् । अघिल्लो आवभन्दा योपटक जिल्लाका सहकारीले दुई अर्ब ३९ करोड बढी रकम बचत गर्न सफल भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार आव ०७०÷७१ मा जिल्लाका सहकारीले चार अर्ब ६७ करोड बचत गरेका थिए ।
जिल्लामा ६ सय ५८ वटा सहकारी संस्था रहेका छन् । जसमा बचत सबैभन्दा बढी दुई सय ७७ वटा रहेका छन् । यस्तै दुग्ध एक सय ३८, कृषि एक सय ११ र बहुउद्देश्यीय ६७ लगायत सहकारी सञ्चालनमा छन् । महिलाले मात्रै सञ्चालन गरेका सहकारी ९७ वटा रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । आव ०७१÷७२ मा बचत तथा ऋण सहकारी संस्थाले बचतको ७७ प्रतिशत हिस्सा ओगटेको छ । अन्य दुग्ध, बहुउद्देश्यीय, कृषि, मौरी, सामाजिक उद्यमी, माछा, रेशम, ताजा तरकारी र उपभोक्तासँग सम्बन्धित सहकारीले बचतमा २३ प्रतिशत मात्रै हिस्सा ओगटेका छन् । बचत तथा ऋण सहकारी संस्थाले मात्रै गत आवमा कुल चार अर्ब ६७ करोड बचत गरेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका सूचना अधिकारी श्रीकृष्ण नेपालले बताए । गत एक वर्षमा जिल्लाका सहकारी संस्थाहरूले करिब साढे आठ अर्बको कारोबार गरेका छन् ।
ऋण लगानी गर्नेमा पनि बचत तथा ऋण सहकारी संस्था अगाडि छ । उसले कुल पाँच अर्ब ७० करोड ऋण लगानी गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवमा सहकारीले ६ अर्ब ५२ करोड लगानी गरेको थियो । यहाँका सहकारीको कुल सेयर पुँजी एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । जिल्लामा ४० वटा सहकारीले पाँच करोडभन्दा बढी कारोबार गरेको छ । यो वर्ष जिल्लामा पाँच वटा सहकारी गाभिएका छन् । एक्काइस वटा सहकारी खारेज भएका छन् भने २६ वटा नयाँ सहकारी दर्ता भएका छन् ।
बीस सहकारी थपिए
पछिल्लो एक वर्षमा प्युठानमा २० वटा सहकारी थपिएका छन् । जिल्लामा आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै गए पनि गाउँकेन्द्रित सहकारी खोल्ने दरमा कमी नआएको सहकारी डिभिजन कार्यालय घोराहीले जनाएको छ । जिल्लामा सहकारीको संख्या एक सय ७७ वटा पुगेको छ । सहकारी डिभिजन प्रमुख विनोद पौडेलका अनुसार हालसम्ममा तीन करोड ९५ लाख ७१ हजार पाँच सय रुपैैयाँ सेयरपुँजी जम्मा गरेका छन् । त्यस्तै ३० करोड ५० लाख २० हजार ६ सय २४ रुपैयाँ सहकारीमार्फत बचत तथा ऋण कारोबार भएको छ । जिल्लाका सहकारीले हालसम्ममा ३९ करोड ६१ लाख ८२ हजार तीन ६० रुपैयाँ विभिन्न स्थानमा लगानी गरेका छन् ।
जिल्लामा पूmलबारी वचत तथा ऋण सहकारी संस्था खैरा, सिद्धार्थ सामुदायिक बचत तथा ऋण सहकारी संस्था दाखाक्वाडी, नवसिद्धार्थ बचत तथा ऋण सहकारी र साहारा बचत तथा ऋण सहकारी संस्था सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारीका रूपमा रहेका छन् । दाङले दुई अर्ब १६ करोड ४२ लाख २७ हजार, प्युठानले ३९ करोड ६१ लाख ८२ हजार तीन सय ६० र सल्यानले २० करोड १३ लाख १० हजार तीन सय ३८ रुपैैयाँ सहकारीमार्पmत लगानी गरेका छन् । त्यस्तै रुकुमले १३ करोड ३७ लाख ४७ हजार दुई सय ७५ र रोल्पाले १० करोड ६७ लाख ६९ हजार दुई सय १० रुपैैयाँ सहकारीमार्पmत लगानी गरेको पौडेलले बताए । प्युठानमा २०३५ मा पहिलोपटक जनता सहकारी संस्था विजुवार स्थापना भएको थियो ।
जिल्लाका सहकारीमा १५ हजार पाँच सय ६६ महिला र १० हजार ८ सय ७१ पुरुषको प्रत्यक्ष संलग्नता रहेको छ । ‘सहकारीले स्थानीय स्तरमा रोजगारीको समेत स्थापना गर्ने गरेका छन’ डिभिजन प्रमुख पौडेलले भने । राप्ती अञ्चलमा ९१ हजार नौ सय ४५ महिला र एक लाख एक हजार पाँच सय ५९ पुरुषको सहकारीमा प्रत्यक्ष संलग्नता रहेको छ ।

 

प्रतिक्रिया