कास्की, बागलुङ र म्याग्दीमा पहिरोमा परेर २३ जनाको मृत्यु

Pahiro-Kaski-aa

५० वर्षीया अञ्जनी पराजुली, ६२ वर्षीया तुलसी पराजुली, ६ वर्षीया खुशी वि.क., २८ वर्षीय कमल सुनार, २० वर्षीय अन्तिम सुनार, २१ वर्षीया सुस्मा सुनार, ३ वर्षीया सोनाम सुनार र ३२ वर्षीया माया पराजुली घाइते भएका छन् । घाइतेहरूको पश्चिम क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भई रहेको छ । पहिरोबाट भएको क्षतिको एकिन विवरण खुल्न सकेको छैन । उक्त स्थानहरूमा सुरक्षाकर्मीले उद्धार कार्य गरीरहेका छन् । यसैगरी बाग्लुङ राय डाँडा–९ आप्रेमा आज (बिहीबार) बिहान वर्षासँगै आएको पहिरोले एउटा घर बगाएको छ । साथै पहिरोले १ घर पुरिँदा ८३ वर्षीय कर्णधर थापाको मृत्यु भएको छ । 

प्रतिक्रिया