तीज मनाउँदै विश्वभ्रमण

Sunita-Dulalकाठमाडौं । युवापुस्तकी चर्चित गायिका सुनिता दुलाल हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजको पावन अवसर पारी अमेरिकाका विभिन्न सहर, क्यानडा हुँदै इजरायल पुगी विश्वभ्रमण गर्ने भएकी छिन् । उनले यस अवधिमा नेपाली समुदायका विशेषगरी नारी दिदीबहिनीसँग सांगीतिक प्रस्तुतिका साथ रमाइलो आदानप्रदान गर्नेछिन् ।
यसका निम्ति गायिका दुलाल आउँदो २२ जुलाईमा अमेरिका प्रस्थान गर्ने भएकी छिन् । विश्वभ्रमणका क्रममा उनी अमेरिकाका विभिन्न सहर, क्यानाडा हुँदै आगामी सेप्टेम्बर १७ तारिखमा इजराय आइपुग्ने छिन् । हरितालिका साँझ–२०७२ मा सहभागी हुन इजरायल पुग्ने योजना रहेको छ ।
क्यानडाबाट सिधैँ इजरायल आउने योजना रहेका कारण गायिका दुलालले नेपालस्थित इजरायली राजदूतावासबाट इजरायल प्रवेशका लागि भिसा लगाइसकेकी छिन् । भिसा लगाउन इजरायली राजदूतावास लाजिम्पाट पुगेकी दुलाललाई सफल विश्वभ्रमणका लागि नेपालका लागि इजरायली राजदूत यारोन मायर तथा उप–प्रमुख यहोनाथनलले शुभकामनासमेत दिएको इजरायली राजदूतावासको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।
गायकगायिकाहरूको भीडमा ‘इच्छा पु¥याइदेऊ’ नामक गीतिएल्बम लिएर आफ्ना स्रोताहरूमाझ आएकी गायिका सुनीतालाई विश्वभ्रमण गर्ने इच्छा यसपटक पूरा भएको छ । दुलालको पछिल्लो तिज कोसेलीका रूपमा ‘इच्छा पु¥याइदेऊ’ नामक गीतिएल्बम आएको हो ।
कमलादेवी डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गीतमा लय तथा शब्द संकलन संगीतकार तथा गीतकार सुरेश अधिकारीको छ ।
उक्त गीतको म्युजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक गोविन्द राईले गरेका छन् भने अर्जुन तिवारीको छायांकन रहेको उक्त म्युजिक भिडियोमा सोफीले मेकअप गरेकी छिन् । यस गीति एल्बमको म्युजिक भिडियोले विगतका एल्बमजस्तै धेरै दिदीबहिनीहरूको मन जित्नेमा उनी आशावादी छिन् । (सौस)

प्रतिक्रिया