दाँत फुकाल्दा युवकको मृत्यु

जनकपुर, १३ साउन । चिकित्सकको लापरवाहीले दाँत फुकाल्न गएका युवकको मृत्यु भएको छ । दाँत फुकाल्दा अत्यधिक रक्तस्राव भएका कारण धनुषा तारापट्टी सिरसिया–१ का २१ वर्षीय अशोककुमार साहको मृत्यु भएको हो ।

मृतकका आफन्त रामेश्वर साहका अनुसार गत बिहीबार जनकपुरको रामानन्दचोकस्थित सीता डेन्टलमा चिकित्सकले अशोकको दुखेको दाँत फुकालेपछि अत्यधिक रक्तस्राव भएको थियो । त्यसपछि जनकपुर अञ्चल अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।
त्यँहा पनि उपचार सम्भव नभएपछि उनलाई धरान हुँदै सिलिगुडी लगिएको र त्यसठाउँमा पनि उपचार सम्भव नभएपछि अशोकको आइतबार राती ज्यान गएको उनका साथी विनोद महराले जानकारी दिए ।
आशोकको दाँत उखाल्न संलग्न चिकित्सकद्वय विजय प्रताप साह र प्रह्लाद राउतलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । दाँत उखेल्ने क्रममा रक्तश्राव भएपछि अशोकलाई उपचार गराउन चिकित्सकद्वय साह र राउतसमेतसँगै गएका थिए । सिलिगुडीमा पनि अशोकको उपचार नभएपछि भागेका उनीहरूलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता पीडित परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको परिवारजनले जनाएको छ । (सौस)

प्रतिक्रिया