न्यूनतम पारिश्रमिकको अध्यक्षमा के.सी. नियुक्त

Posan-K-Cकाठमाडौं, ८ साउन । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार पोषण के.सी.लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले के.सी.लाई समितिको अध्यक्षमा नियुक्ति गरेको हो ।

समितिका अध्यक्ष खेम भण्डारीको कार्यकाल साउन पाँच गते सक्किएपछि सरकारले के.सी.लाई सो स्थानमा नियुक्त गरेको हो ।

नेपाल प्रेस युनियन आवद्ध के.सी. बाँके जिल्ला निवासी हुन् । उनी रेडियो नेपालमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघको महासचिवसमेत रहिसकेका के.सी. पत्रिकारितामा अनुभवी पत्रकार मानिन्छन् ।

प्रतिक्रिया