चन्द माओवादीद्वारा आगजनी र तोडफोड, बन्दले सास्ती

Banda-Mao

तीनकुनेबाट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसाइलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बन्दको कार्यक्रममा सहभागी हुन बाटोमा हिँडिरहेका बेला रसाइलीसहित ५ जनालाई पक्राउ गरिएको थियो । कलंकीबाट पनि माओवादीका किशोर न्यौपाने र पूर्ण श्रेष्ठलाई पक्राउ गरेको छ भने गौशालाबाट १५ जना पक्राउ परेको माओवादी भनाइ छ । उता, नेकपा माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै राजधानीमा सवारी साधनमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । उनीहरूले कोटेश्वरको जडिबुटीमा बस जलाएका छन् ।

प्रतिक्रिया