मुस्कुराउँदै हिमानीले भनिन् जनताले चाहे संवैधानिक राजतन्त्र

himani

– चमिना भट्टराई

संवैधानिक राजतन्त्रका बारेमा बजारमा भएका हल्लाबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा शाहले भनिन्, ‘जनताको चाहना हो भने हुनुपर्छ ।’ त्यसपछि उनी मुस्कुराइन् । पत्रकारहरूले ट्रस्टले सामाजिक क्षेत्रमा गरेका काम र आगामी योजनाबारे प्रश्न गरेका थिए । आगामी दिनमा ट्रस्टले स्रोतसाधनले भ्याएसम्म सामाजिक काम गर्ने शाहले बताइन् । संस्थाको उद्देश्य महिला, बालबालिका र असहायका लागि काम गर्ने रहेको हिमानीले बताइन् । तर, भूकम्पपछि कामको क्षेत्र फेरिएको उनले थपिन् ।

प्रतिक्रिया