‘हिन्दूराज्य छाड्दैनौ’

shyam_khadgiकाठमाडौं । नेपाल मुक्ति मञ्चले अब बन्ने संविधानमा हिन्दूराज्य रहनुपर्ने जोडदार माग गर्दैै आफ्ना कार्यक्रम अगाडि सारेका छन् । यसको विरोध स्वरूप र हिन्दूराष्ट्र नै हुनुपर्ने माग गर्दै दबाबमुलक कार्यक्रमस्वरूप २०७२ साउन २ गते बृहत् मोटरसाइकल र्‍यालीसमेत आयोजना गरिसकेको छ ।
हिन्दूराष्ट्र, भ्रष्टचार उन्मूलन, शान्ति, समृद्धि र विकासमा आफ्नो मुख्य जोड रहेको धारणा राख्दै संविधानमा हिन्दूराष्ट्र शब्द उल्लेखित गर्नुपर्नेमा मञ्चले जोड दिएको छ । ‘मस्यौदामा हिन्दूराष्ट्र नराखिएकोमा नेपाल मुुक्ति मञ्च आपत्ति जनाउँदछ,’ अध्यक्ष श्याम खड्गीले बताए ।
कम्तीमा संधिवानमा धार्मिक स्वतन्त्रता शब्द नै भए पनि उल्लेख हुनै पर्दछ । ‘हिन्दूराष्ट्र हाम्रो पहिचान हो । हाम्रा नेताहरूले विदेशी हस्तक्षेपमा मेरो आफ्नो धर्मलाई पैसामा बेचे । अब नेपाली जनता सचेत हुनुपर्छ र हिन्दूराष्ट्र कायम गराउनै पर्छ । यस अभियानमा सबै नेपाली जनता एक हुन नेपाल मुक्तिमा आह्वानसमेत गर्दछ,’ उनले बताए । (सौस)

प्रतिक्रिया