सडकमै पेट्रोलको कालोबजारी

Petrol-2मोरङ, ६ साउन । भनेको बेला नहुने र सम्बन्धित डिलरमासमेत नपाइने अति आवश्यकीय बस्तु पेट्रोलको कालोबजारी फस्टाएको छ । सम्बन्धित निकाय र सरोकारवालाले उपभोक्ताको गुनासो सुनेर पनि कानमा तेल हालेर बसिदिनाले पूर्वका ग्रामीण सहरमा पेट्रोलको कालोबजारी फस्टाएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीस्थित मुख्य सडक खण्डमा केही व्यापारीले यति बेला पेट्रोललाई कमाउ धन्दाको रूपमा प्रयोग गर्न थालेका छन् । व्यापारीले सम्बन्धित डिलरबाट एकैपटक पाँच लिटरसम्म खरिद गरी मुख्य सडक क्षेत्रमा प्रतिलिटर दुई सय ५० सम्मका दरले बिक्री गर्ने गरेका छन् । व्यापारीलाई यो अवैधधन्दा हो यसमा कानुन लाग्छ नि ? भनेर प्रश्न गर्दा उनीहरू सोझै भन्छन्, क–कसलाई कार्बाही गर्ने ? यहाँ त सबैको व्यापार नै यही हो ।
एक व्यापारीले पथरी बजारको कुनाकाप्चादेखि पान पसल र किराना पसलसम्म पेट्रोलको कारोबार हुने गरेको बताए । त्यस्तै, सडककै एक छेउमा पेट्रोल बेच्न बसेका सन्तबहादुर मगर पथरीमा कुनै पेट्रोल पम्प नभएकाले अलिकति मूल्य बढाई बिक्री वितरण गरेको र यसलाई कालोबजारी नभएर सेवा गरेको जिकिर गरे । प्रहरीले देखे कार्बाही गर्देन ? भन्ने प्रश्नमा प्रहरी आफँै आपूm कहाँ किन्न आउने व्यापारी मगरले बताए ।
मोरङको पथरी क्षेत्रमा कुनै पेट्रोल पम्प नभएको मौका छोपी व्यापारीले खुलेआम पेट्रोलको कालोबजारी गरिरहँदासमेत सम्बन्धित प्रहरी प्रशासन रमिते बन्ने गरेका छन् ।
आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले कार्बाहीको आदेश दिएमा तथा स्थानीयस्तरबाट कुनै उजुरी दिएमा मात्र प्रहरीले कार्बाहीको प्रक्रिया बढाइने इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर रुद्र चुडाल बताउँछन् ।

प्रतिक्रिया