मलेसियामा नेपाल मजदुरको मृत्यु

Malesiya(1)रौतहट, २८ असार । धन कमाउने सपना बोकेर विदेश गएका चन्द्रपुर नगरपालिका–१३ बालचनपुरका एक युवकको मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका २२ वर्षीय जयमङ्गल राउतको गत मङ्गलबार मृत्यु भएको हो । आज मात्र घरपरिवारका सदस्यले मृत्यु भएको खबर थाहा पाएका हुन् ।

विदेशमा रहेको छोरो ज्वरोबाट विरामी भएको जानकारी आए पनि अन्त्यमा मृत्यु भएको खबर आएको बाबु रामअयोध्या राउतले बताए ।

घर घडेरी धितो राखेर पठाएको छोरोले ऋण पनि नतिरी मृत्युको खबर सुन्दा घरपरिवारमा बज्रपात भएको छ ।

तीन वर्षअघि एक लाख ५० हजार तिरेर जयमङ्गल विदेश गएका थिए ।

उनको शव नेपाल ल्याउन परिवारजनले सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया