प्रहरी जवानको ठक्करबाट मृत्यु

धनगढी, २४ असार । इलाका प्रहरी कार्यालय भजनी कैलालीमा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको नम्बर नखुलेको कारको ठक्करबाट मृत्यु भएको छ ।

कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको भे४प९३९४ नं को मोटरसाइकललाई कोहलपुरमा कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार राति ठक्करबाट घाइते ऐरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बाजुरा जिल्ला बादु गाविस घर भएका ऐरीले विक्रम संवत २०६१ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया