‘निजी क्षेत्रले देशको आर्थिक विकाशमा टेवा पुग्छ’

Ramchandra-Poudelदाङ, २४ असार । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले निजी क्षेत्रले मुलुकमा आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेलीरहेको बताएका छन् ।

उद्योग वाणिज्य संघले आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रमा पौडेलले उद्योगी ब्यवसायीहरूको संरक्षण प्रवद्र्धन गर्न राज्यले प्रष्ट औद्योगिक नीति ल्याउनुपर्ने बताए ।

उनले नयाँ संविधान निर्माणसँगै उद्योग व्यवसायीहरूको व्यवसाय फस्टाउने बताए ।

‘नयाँ संविधान निर्माण अन्तिम चरणमा छ, समयमै संविधान जारी गरी देशमा स्थायी शान्ति कायम गर्न सके मात्र देश विकासको गतिमा अगाडि बढने छ’, पौडेलले भने ।

प्रतिक्रिया