हिमानी हिडिन् अर्यालटार

Himani-Shaha-Sexy-Nepali-Laकाठमाडौं, २४ असार । देश रोएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ६९औं जन्मदिन नमनाए पनि उक्त अवसरलाई पूर्वयुवराज्ञीले उपयोग गर्ने भएकी छिन् ।

ससुरा ज्ञानेन्द्रको जन्मदिनमा पूर्वयुवराज्ञी हिमानी शाहले भूकम्पपीडितलाई बिहीबार (आज) जस्तापाता बाँड्दै छिन् । हिमानी ट्रस्टमार्फत उनले काठमाडौंको तारकेश्वर नगरपालिकाको अर्यालटारका भूकम्पपीडितलाई जस्तापाता वितरण गर्न लागेकी हुन् ।
ट्रस्टले ५१ घरपरिवारलाई जस्तापाता उपलब्ध गराउनेछ । तारकेश्वर नगरपालिका– १० अर्यालटारका भूकम्पपीडितले अहिलेसम्म कतैबाट राहत नपाएको स्थानीयको गुनासो छ । ट्रस्टका तर्फबाट भूकम्पपीडित प्रत्येक परिवारलाई एक/एक बन्डलका दरले जस्तापाता वितरण गरिनेछ । ज्ञानेन्द्र हिमानी ट्रस्टका संरक्षक हुन् ।

प्रतिक्रिया