हिन्दूराज्यको मागसहित राप्रपा नेपालद्वारा प्रदर्शन

Kamal-Thapaकाठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बन्ने नयाँ संविधानमा नेपाललाई हिन्दूराज्य कायम गर्नुपर्ने मागसहित राजधानीमा प्रदर्शन गरेको छ ।

उल्लेख्य नेता तथा कार्यकर्तासहित संविधानसभा भवन नयाँ बानेश्वर पुगेको राप्रपा नेपालले नयाँ संविधानमा हिन्दूराष्ट्र कायम गर्न माग गरेको थियो ।

हिन्दूराष्ट्रको मागसहित राप्रपा नेपालले राजधानीसहित आज मुलुकभरिका जिल्ला सदरमुकामहरूमा प्रदर्शन गरेको छ ।

संविधानसभालाई घेराउ गर्न बबरमहलबाट निस्किएको राप्रपा नेपालको जुलुसले हिन्दूराष्ट्रका पक्षमा नाराबाजी गरेका थिए ।

नेपाललाई पश्चिमा राष्ट्र र क्रिष्चियनहरूको दवावमा केही नेताहरूले हिन्दूराष्ट्र हुनबाट रोकेको आरोप लगाउँदै राप्रपा नेपालले आन्दोलन गर्दै आएको छ ।

आन्दोलनमा उल्लेख्य समर्थन रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको दाबी छ ।

प्रतिक्रिया