रगतका एक बिरामीले भूकम्पपीडितका लागि जे गरे…

parasnath_gre

– रिसव गौतम

हालैको महाभूकम्पमा पारस कालिकास्थानस्थित आफ्नो डेरामा थिए । चौथो तलामा रहेको डेरामा १२ वैशाखको भुइँचालोले धेरै हल्लायो । घरका सबै मान्छे रुँदै र कराउँदै भागे । तर, उनी भागेनन् । त्यहीँ रहे । उनको पल्ला घरका पर्खाल भत्कँदै थिए । उनीसँगै डेरा गरी बस्ने पल्लो कोठाका परिवार भयभीत थिए । परिवारको महिला सदस्य गर्भवती भएकाले ज्यादा त्रसित थिए । बरु उनले उनीहरूलाई नआत्तिन सल्लाह दिए । पारसलाई ‘भूकम्प आयो तर एकछिनमा बन्द हुन्छ’ भन्ने लागेको रहेछ । तर, झन्–झन् बढ्दै गएको अवस्थामा उनी किचेनको ढोकातर्फ लागे ।

प्रतिक्रिया