तथ्यांक सार्वजनिक

इलाम । केन्द्रीय तथ्यांक विभागले इलामको वस्तुगत विवरणसहितको तथ्यांक औपचारिक रूपमा सार्वजनिक गरेको छ । तथ्यांक कार्यालय पा“चथरले इलाममा आयोजना गरेको राष्ट्रिय कृषि गणना ०६८ को जिल्लागत नतिजा सार्वजनिकीकरण गोष्ठीका अवसरमा इलामको तथ्यांक सार्वजनिक गरेको हो ।
विभागले यसअघि नै ७४ जिल्लाको तथ्यांक सार्वजनिक गरिसकेको जनाएको छ । हरेक १० वर्षमा विभागले तथ्यांक अद्यावधिक गर्ने गरेको छ । इलामको समग्र क्षेत्रको बारेमा ०५२ साल र ०६८ सालको तुलना गरेर तथ्यांक सार्वजनिक गरिएको हो ।
गत चैत मसान्तभित्रै सार्वजनिक गरिसक्नुपर्ने भए पनि मुलुकमा आएको विनाशकारी भूकम्पका कारण ढिलाइ भएको कृषि तथ्यांक शाखाका केन्द्रीय तथ्यांक निर्देशक बद्रीकुमार कार्कीले बताए । पुस्तक सार्वजनिक गर्न ढिलाइ भए पनि वेबसाइडमा भने यसअघि नै सार्वजनिक गरिसकिएको कार्कीले जानकारी दिए ।
सार्वजनिक गरिएको तथ्यांकमा जिल्लाको परिचय, जनसंख्याको विवरण, सामाजिक सूचक, मानव विकास र गरिबी, भवन तथा आवास, पेसा र रोजगारी, भौतिक पूर्वाधारको अवस्थालगायत बारेमा व्याख्या गरिएको छ । (सौस)

प्रतिक्रिया