छात्रछात्राले देखाए प्रतिभा

Talent-(2)काठमाडौं । रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्रछात्राका बीच आयोजना गर्न लागेको ‘मिस एसएलसी अफ द इयर २०१५’ र ‘मिस्टर एसएलसी अफ द इयर २०१५’ का प्रतिस्पर्धीले आपूभित्र निहित विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् । भूकम्पबाट त्रसित र अन्योलमा परेका छात्रछात्रालाई सामान्य जीवनतर्पm उन्मुख गर्ने उद्देश्यले आगामी असार १७ गते राजधानीमा आयोजना हुन लागेको प्रतियोगिताका स्पर्धीले हालै राजधानीमा आयोजित ट्यालेन्ट शोमा आपूmभित्र लुकेर रहेका प्रतिभा प्रदर्शन गरेका हुन् ।

दुवै प्रतियोगिताअन्र्तगतका छात्रछात्राले मिस्टर र मिस ट्यालेन्ट उपाधिका लागि प्रतिभा प्रदर्शन गरेका हुन् । ट्यालेन्ट शोमा स्पर्धीले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृता कलालगायत प्रतिभा प्रदर्शन गरी आपूmलाई अब्बल देखाउने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा फिल्म निर्देशक सुमन दाहाल, नायिका नन्दिता केसी, प्mलाइटेकका प्रमुख कार्यकारी अधिकृत नाजिर हुसेन, फेसन डिजाइनर तथा फिल्म निर्मात्री पुनम गौतम र सञ्चारकर्मी सरोज प्याकुरेल निर्णायक थिए ।
दुवै प्रतियोगिताका प्रतियोगीले मुख्य उपाधिका साथ फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअपसँगै क्याटवक, पर्सनालिटी, ब्युटिफुल स्कीन, वेस्ट स्किन, ब्युटिफुल, ह्यान्डसम, सोसेएबल, ब्युटी विथ पर्पोज, वेस्ट आर्टवर्क, ट्यालेन्ट, वेस्ट स्पिच, फोटोजेनिक, वेस्ट स्माइल, मस्ट पपुलर, वेस्ट डिसिप्लेन, वेस्ट स्माइल, मस्ट फ्रेन्डली, वेस्ट फिजिक्स, वेस्ट हेयर, भ्युअर्स च्वाइस र मेनेजमेन्ट च्वाईस विधामा विजेता छानिने रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले बताए ।
उनका अनुसार छात्र र छात्रा दुवैतर्पको प्रतियोगिताका प्रमुख उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ भने आइएलटिए, टफेल र भाषाको कोर्सका साथमा विभिन्न गिप्ट ह्याम्परको व्यवस्था गरिनेछ । यीबाहेक विजेता छात्राका लागि एयरहोस्टेज तालिमको व्यवस्था गरिनेछ ।
‘मिस एसएलसी अफ द इयर २०१५’ मा २५ र ‘मिस्टर एसएलसी अफ द इयर २०१५’ का १२ जनाले स्पर्धा गर्दै छन् । प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् । (सौस)

प्रतिक्रिया