महासंघको अध्यक्षमा मुरारका निर्विरोध

Pashupati Murarkaकाठमाडौं, १६ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदबाट दुई उम्मेदवार भवनी राणा र भाष्करराज राजकर्णिकारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका आज निर्विरोध भएका छन् ।

अध्यक्ष पदका प्रत्याशीद्वय राणा र राजकर्णिकारले पत्रकार सम्मलेनमार्फत उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरूको उम्मेदवारीसँगै मुरारका निर्विरोध भएका हुन् ।

अध्यक्षमा निर्विरोध भएका मुरारकाले उद्योग वाणिज्य महासंघलाई बलियो बनाउन प्रतिवद्धता जनाएका छन् । उनले महासंघको व्यसायिक एकतालाई मजबूद बनाउनसमेत बताएका छने ।

प्रतिक्रिया