२० प्रतिशत मात्रै बिमा फस्र्यौट

Beemaकाठमाडौ, १६ असार । भूकम्पका कारण अहिलेसम्म निर्जीवन बिमातर्फ १५ हजार ५ सयको बिमा दाबी परेकामा हालसम्म कुल बिमा दाबीमध्ये २० दशमलब १२ प्रतिशतको बिमा दाबी फस्र्यौट भएको छ ।

कुल १५ हजार बिमामध्ये जम्मा ३४ सय ४९ को मात्र सर्भे प्रतिवेदन प्राप्त भएको छ । कम सर्भे प्रतिवेदन प्राप्त भएकाले अहिलेसम्म ५ दशमलब २९ प्रतिशतको मात्र दाबी भुक्तानी भएको बिमा समितिले जनाएको छ । दाबी भुक्तानीको संख्या २ हजार पाँच छ । अनुमानित १४ अर्ब ३ करोड ९ लाख ४४ हजार कुल दाबी रहेकामा दाबी भुक्तानी गरिएको रकम भने जम्मा ४५ करोड १६ लाख ८५ हजार हुन आउँछ । जम्मा दाबीमध्ये दाबी नलाग्ने संख्या १ हजार १ सय तेह्र छ । अहिलेसम्म पुनर्बिमकबाट प्राप्त रकम ८३ करोड ९६ लाख रहेको समितिले जनाएको छ । ग्राहकलाई सुविधा पु¥याउने उद्देश्यले पेस्की स्वरूप भुक्तानी गरिएको रकम २९ करोड ५ लाख ३७ हजार रहेको बिमा समितिका एकाउन्टेन्ट लक्ष्मण ज्ञवालीले जानकारी दिए ।
सबैभन्दा बढी प्रतिशतमा दाबीको भुक्तानी गर्ने कम्पनीमा शिखर इन्स्यारेन्स कम्पनी छ भने कम भुक्तानी गर्नेमा राष्ट्रिय बिमा कम्पनी छ । शिखर कम्पनीले कुल दाबीको १३ दशमलब ७२ प्रतिशत भुक्तानी गरेको छ भने राष्ट्रिय बिमा कम्पनीले दाबीको शून्य दशमलब ९२ प्रतिशत मात्र भुक्तानी गरेको छ ।
विभन्न शीर्षकअन्तर्गत हालसम्मको बिमा दाबीमा अग्नि बिमातर्फ १२ अर्ब २३ करोड ३२ लाख, मोटरतर्फ ३४ करोड २६ लाख, इन्जिनियरिङतर्फ ८८ करोड ७० लाख, सामुद्रिकतर्फ ८० लाख र विविधतर्फ ५५ करोड ९९ लाखको दाबी पर्न गएको बिमा समितिले जनाएको छ । नेपालमा निर्जीवन बिमातर्फ ५ खर्ब ६४ अर्ब १० करोडको बिमा गरिएकामा १४ अर्बको मात्रै दाबी पर्न गएकाले सबै कम्पनीहरू दाबी भुक्तानी गर्न सक्षम रहेको समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया