मलेसियाको समर्थनमा मन्त्रीविरुद्ध व्यवसायी !

Baidesik-Rojgari-Bebasai-Aaकाठमाडौं, १३ असार । मलेसियामा फ्रि टिकट र फ्रि भिसाको व्यवस्था गर्नुपर्ने सरकारी निर्णय गरेपछि विवादमा मुछिएका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको वैदेशिक रोजगार व्यवसायीहरूले राजीनामा माग गर्दै सडक आन्दोलन थालेका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरूले श्रम राज्यमन्त्री गुरुङको राजीनामा माग गरेर आज वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । व्यवसायीहरूले विभागका महानिर्देशक भरतराज सुवेदीको पनि राजीनामा माग गरेका छन् ।

ब्यवसायीहरुलाई बेवास्ता गरेर मलेसियामा शून्य लागतमा कामदार पठाउने निर्णय गरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् । व्यवसायीहरूले सरकारको निर्णयपछि नेपाली कामदारहरू मलेसिया जान नपाउने दाबी गरेका छन् ।

श्रम मन्त्रालयले शून्य लागतमा रोजगारीमा पठाउनुपर्ने भन्दै असार २१ गतेदेखि लागू हुने गरी मलेसिया र अन्य ६ खाडी मुलुकमा कामदार पठाउने निर्णय कार्यान्वयन गरिने जनाएको छ ।

प्रतिक्रिया