प्रधानाध्यापकको हत्या, तीन जना पक्राउ

dhankuta_districtधनकुटा, १३ असार । धनकुटाको खुवाफोकमा आज बिहान एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ ।

खुवाफोक–९ स्थित श्रीपञ्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ७ बजे खुकुरी, भालालगायत धारिलो हतियार प्रहार गरेर छ÷सातजनाको समूहले लिम्बूको हत्या गरेको धनकुटाका प्रहरी प्रवक्ता डम्बरबहादुर खड्काले जानकारी दिए ।

घटनापछि धनकुटा सदरमुकामबाट प्रहरी टोली घटनास्थल गएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रधानाध्यापक लिम्बूको के कारणले हत्या भएको भन्ने खुल्न सकेको छैन ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया