तीनवटै समूहले गराए मनोनयम दर्ता

काठमाडौं, ११ असार । १७ असारमा हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि बिहीबार तीन वटै समूहले उम्मेदवारहरुको मनोनयम दर्ता गराएका छन् । १७ जनाको कार्यसमितिका लागि ५१ जनाको मननोनयन दर्ता

भएको छ । संघको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, नेकपा( एमाले)को तर्फबाट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र स्वतन्त्र तर्फ किरण किशोर घिमिरे समुहले उम्मेदवारी मनोनयम दर्ता गराएको हो ।
फोरमका तर्फबाट विमल ढकाल, मञ्चको तर्फबाट सरोज पोखरेल र स्वतन्त्र तर्फ घिमिरेको नेतृत्वमा दर्ता भएको प्रमुख निर्वाचन अधिकृत बलबहादुर तामाङले बताए । तीन वटै समुहले यस अघि सार्वजनिक गरेको नाम नै दर्ता गराएको बताइएको छ । संघमा एक जना अध्यक्षका लागि तीन जना, प्रथम, द्वित्तिय र तृतीय उपाध्यक्षमा तीन/तीन जना, महासचिव, सचिव र कोषाध्यक्षमा पनि तीन÷तीन जनाको मनोनयन गर्दा भएको तामाङले बताए । अध्यक्ष देखी कोषाध्यक्ष सम्म एक/एक जनाको निर्वाचन हुन्छ । यस्तै १० जना सदस्यका लागि ३० जनाको मनोनयन गर्दा भएको छ । तीन वटै समुहबाट १०÷१० जना सदस्यले मनोनयम दर्ता गराएको बताइएको छ ।

प्रतिक्रिया