काठमाडौं । १२ वैशाखमा गएको विनासकारी भूकम्पका कारण हाल नेपाली चलचित्र बजार सुनसान छ। धमाधम चलचित्रका रिलिज डेटहरु पछाडि सारिएको छ ।
जेठ १८ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘चंखे शंखे पंखे’ अब कात्तिक ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
चलचित्रको रिलिज समय पछाडि सरेपछि उक्त चलचित्र टिम यतिबेला नयाँ चलचित्र ‘प्रेम गीत’ का लागि नव नायकको खोजीमा छ ।
आसुसेन फिल्मस प्रालिले निर्माण गर्ने लागेको अर्को चलचित्र ‘प्रेम गीत’ का लागि अडिसनबाट नायक खोज्न लागिएको निर्माण पक्षले जनाएको छ।
रुपमा रोमान्टिक लभस्टोरीमा आधारित भएर निर्माण गर्ने लागिएको ‘प्रेम गीत’ का लागि नायिकाको रुपमा पुजा शर्माले अभिनय गर्ने र नायक अडिसनबाट छानिने निर्माता सन्तोष सेन ठकुरीले बताए।
अभिनय तथा नृत्य प्रति मोह बोकेका ह्यान्डसम वा चकलेटी युवाहरुले आसुसेन फिल्मस प्रा।लि को अफिशियल ईमेल ठेगाना [email protected] मा आफ्नो प्रोफाइल र एक प्रति फोटो पठाउँनु पर्ने निर्माण पक्षले जनाएको छ।
भूकम्पले तहसनहस पारको जनजीवन सामान्य हुँदा साथ चलचित्र फ्लोरमा जाने सेनको दाबी छ। प्रेम गीत त्यस्तो फिल्म बन्ने छ जुन फिल्मलाई हरेक माया गर्ने जोडीले आफ्नै फिल्म भनेर हेर्ने निर्माण पक्षको भनाई छ।
प्रेम गीतमा पनि चंखे फिल्मकै निर्माता सन्तोष सेनको मात्र लगानी रहने छ भने सुर्दशन थापाले निर्देशन गर्ने छन्।
प्रतिक्रिया