झलकको दबाङमा करण

karanकाठमाडौं । लामो समयदेखि फिल्ममा छायाकार र मुख्य सहायक निर्देशकका रूपमा काम गरिरहेका युवा झलकबहादुर स्याङ्तान अब निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन् । उनले आफ्नै निर्माण, छायांकन र निर्देशनमा फिल्म ‘दबाङ’ बनाउन लागेका हुन् ।
एक्सन थ्रिलर फलेबरको फिल्ममा फिल्म निर्माता, वितरक तथा अभिनेता करण श्रेष्ठ ‘क्रेजी’ शीर्ष भूमिकामा देखिँदैछन् । ‘यसमा म नयाँ गेटअपका साथ दर्शकमाझ आउँदैछु,’ करणले भने, ‘फिल्म पूर्ण रूपमा एक्सन प्रधान बन्ने भएकाले त्यसमा विशेष ध्यान दिँदैछु ।’ करणले दर्जन फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका छन् ।
निर्देशक स्याङ्तानले फिल्ममा करणबाहेक अन्य कलाकार फाइनल नभएको बताए । ‘उहाँबाहेक अन्य कलाकारहरू सबै नयाँ हुनेछन्,’ उनले भने, ‘फिल्मलाई राम्रो बनाउनका लागि हामी तयारी गरिरहेका छौँ ।’ केआर इन्टरनेमेन्टको ब्यानरमा बन्न लागेको फिल्म साउनदेखि सुटिङका लागि फ्लोरमा जानेछ ।
पोखरा, थाइल्यान्ड, काठमाडौं र गोवामा छायांकन हुने फिल्ममा टंक बुढाथोकीको संगीत हुनेछ भने अन्य प्राविधिकहरू फाइनल भइसकेका छैनन् । (सौस)

प्रतिक्रिया