मुम्बई । अन्तर्राष्ट्रिय रियालिटी टेलिभिजन स्तार किम कार्दासियन वेष्टलाई भारतीय फिल्म निर्देशक फैजल सेफले आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरेका छन् । उनले फिल्म ‘फर एडल्ट्स ओन्ली’ नामक फिल्ममा प्रमुख भूमिकामा अभिनय गर्नका लागि प्रस्ताव गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किम हाल दोस्रो सन्तानको आमा बन्ने तयारीमा छिन् । फैजलले आफ्नो फिल्मलाई सबैभन्दा विनस र अश्लील भारतीय फिल्म भनेका छन् । ‘हो मैले किमसँग सम्पर्क गरेँ र मलाई थाहा छ कि किम अहिले गर्भवती छिन् । मलाई विश्वास छ कि किम हाम्रो फिल्मको विचारसँग उनले समन्वय गर्नेछिन्,’ फैजलले भनेका छन्, ‘आशा छ उनले हाम्रो प्रस्तावलाई अस्वीकार गर्दिनन् ।’
किम गत वर्ष रियालिटी टेलिभिजन सो ‘बीग बोस ८’ मा सहभागिता जनाउनका लागि आउने तयारीमा थिइन् । तर, भिसाको समस्या भएपछि भारत आउने उनको योजना अधुरै रहेको थियो । फिल्म ‘फर एडल्ट्स ओन्ली’ हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण हुनेछ । फिल्मको निर्माण डायमेन्सन फिल्म्सले गर्नेछ ।
फैजलले फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु गर्ने योजना बनाएका छन् । फिल्ममा एक लोकप्रिय तमिल अभिनेताको समेत प्रमुख भूमिकामा अभिनय हुन सक्ने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया