काठमाडौं । पछिल्लो समयका व्यस्त एवं चर्चितसंगीतकार वसन्त सापकोटा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
उनले चलाएको मोटरसाइकल बुधबार दिउँसो नयाँ बानेश्वरस्थित एभरेस्ट होटलनजिकै एक स्कुटरमा ठोक्किएपछि दुर्घटना भएको थियो ।
दुर्घटनामा उनको अगाडिपट्टिको दात भाँच्चिएको छ भने देब्रे हात र खुट्टामा चोट लागेको छ ।
नको हाल नयाँबानेश्वरस्थित डेन्टल केयर हस्पिटलमा उपचार भइरहेको छ । बाइकमा सँगै रहेका गीतकार डा. कृष्णहरि बरालका छोरा स्वप्नीललाई सामान्य चोट लागेको छ ।
उनले संगीत भरेका ‘सागरसरी’, ‘सिम्पल सिम्पल’, ‘स्लोली’, ‘यी आँखामा’, ‘नाईं नभन्नु ल’ र ‘गाला रातै’ लगायतका गीत सर्वाधिक हिट गीतमा पर्दछन् ।
उनी हाल फिल्म ‘नाईं नभन्नु ल ४’ को संगीतको काममा व्यस्त छन् । (सौस)
प्रतिक्रिया